Kathmandu Press

राष्ट्रपतिले मेरो सरकार भन्नु ठीक छ : प्रधानमन्त्री

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु ठीक भएको बताएका छन्।

मंगलबार नीति तथा कार्यक....

राष्ट्रपतिले मेरो सरकार भन्नु ठीक छ : प्रधानमन्त्री

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु ठीक भएको बताएका छन्।

मंगलबार नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको जवाफ दिँदैले उनले राष्ट्रपतिको बचाउँ गरेका हुन्। वैशाख २० गते संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर उच्चारण गरेकी थिइन्।

यसको कतिपयले आलोचना गरेका थिए। कांग्रेस लगायत विपक्षी दलका सांसदले पनि यसको आलोचना गरेका थिए।

आज संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले सोचविचार गरेरै नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ राखिएको बताए। उनले संसारभरि राष्ट्र प्रमुखले ‘मेरो सरकार’ भन्ने प्रचलन रहेको जिकिर गरे। ‘राष्ट्रपतिले आफू मातहतको सरकारलाई  मेरो सरकार भन्नु ठीक छ,’ प्रधानमन्त्री ओलीले भने।

यसलाई तानाशाह, निरंकुस भन्न नहुने उनको भनाइ थियो। ‘सबैका लागि लोकतन्त्र भन्दा तानाशाही  हुने, थोरैका लागि लोकतन्त्र हुँदा लोकतान्त्रिक हुने कस्तो परिभाषा हो,’ उनको प्रश्न थियो।

उनले यस वर्ष व्यापार घाटा मिडियामा आएजस्तो नभएको बताए। ‘यो वर्ष केहि वस्तु आयत गर्नुपर्ने भएकाले न्यापार घाटा भएको हो। आत्तिहाल्नु पर्ने अवस्था छैन,’ उनले भने।

सरकारले राम्रो काम गरेको उनको भनाइ थियो। धेरै कानुन बनेको, चार सय वटा झोलुंगे पुल बनेको उनले बताए। कर्णालीमा तुइन विस्थापित भइरहेको प्रधानमन्त्रीले बताए।

प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्