Kathmandu Press

यो देश बनाउने सपना हो, राति निदाएर देखेको सपना होइन : प्रधानमन्त्री

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम देश बनाउने सपना बोकेर ल्याएको बताएका छन्।

मंगलबार संसद्मा नीति तथा का....

यो देश बनाउने सपना हो, राति निदाएर देखेको सपना होइन : प्रधानमन्त्री

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम देश बनाउने सपना बोकेर ल्याएको बताएका छन्।

मंगलबार संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय हित ध्यानमा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताए। नीति तथा कार्यक्रम राजनीतिक स्वाधिनता, स्वस्थ प्रतिस्पर्धा, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रतालगायतका मूल्यमान्यतामा आधारित भएको उनको भनाइ छ।

उनले देश बनाउने सपनासहित नीति तथा कार्यक्रम ल्याएको बताए। ‘सपना देख्दा मान्यजनलाई अचम्म लागेको रहेछ। यो सपना देश बनाउनेका लागि हो, राति निदाएर देखेको सपना होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँँ देश बनाउने सपना बोकेको छ। दीगोे विकासको सपना छ।’

उनले नीति तथा कार्यक्रममा विपक्षीले आलोचना गर्ने ठाउँनै नभेटेको बताए। ‘एक जना साथीले सुन्दर निबन्धजस्तो भन्नु भएछ। मलाई खुशी लाग्यो, साथीहरूले  नीति तथा कार्यक्रममा कुनै आलोचना गर्ने ठाउँ देख्नु भएन छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रकाशित मिति: १४:०१ बजे, मंगलबार, वैशाख २४, २०७६