Kathmandu Press

आन्दोलन गर्ने वैदेशिक रोजगार व्यवसायीको चेतावनी

काठमाडौं, वैशाख २४ : सरकारले माग पुरा नगरेको भन्दै वैदेशिक रोजगार व्यवसायिक संघले आन्दोलन गर्ने चेतावनी दिएको छ।

सरकारको नीति तथा कार्यक्रमम....

आन्दोलन गर्ने वैदेशिक रोजगार व्यवसायीको चेतावनी

काठमाडौं, वैशाख २४ : सरकारले माग पुरा नगरेको भन्दै वैदेशिक रोजगार व्यवसायिक संघले आन्दोलन गर्ने चेतावनी दिएको छ।

सरकारको नीति तथा कार्यक्रममा आफ्ना माग सम्बोधन नभएको व्यवसायीहरूको गुनासो छ। उनीहरू सात बुँदे माग पेश गरेका छन्।

यस अघि भएको सहमति अनुसार सात बुँदे माग राखिएको वैदेशिक रोजगार व्यवसायिक संघका अध्यक्ष रोहन गुरुङले बताए। ‘सरकारले नीति तथा कार्यक्रम हाम्रा माग सम्बोधन गरेन्, झारो टार्ने काम मात्रै ग¥यो,’ गुरुङले भने।

वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलनका कार्यक्रम तय गर्न जेठ ३ गते आमभेला बोलाएको छ। त्यतिञ्जेलसम्म माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम तय गरिने अध्यक्ष गुरुङले बताए।

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्