Kathmandu Press

बालुवाटारलगायत अतिक्रमित जग्गा छानबिन गर्न आयोग गठन

काठमाडौं, वैशाख २४ : बालुवाटारलगायत देशभर अतिक्रमण भएको सरकारी जग्गाको छानविन गर्न सरकारले आयोग गठन गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले स....

बालुवाटारलगायत अतिक्रमित जग्गा छानबिन गर्न आयोग गठन
फाइल फोटो

काठमाडौं, वैशाख २४ : बालुवाटारलगायत देशभर अतिक्रमण भएको सरकारी जग्गाको छानविन गर्न सरकारले आयोग गठन गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको नेतृत्वमा चार सदस्यीय अधिकारसम्पन्न आयोग गठन गरेको हो। यसमा भूमिअधिकारकर्मी जगत देउजा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र दुर्गा दाहाल सदस्य रहेका छन्।

आयोगको सदस्यसचिवमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शंकरबहादुर थापा तोकिएका छन्।

आयोगले बालुवाटारलगायत देशभर अतिक्रमण भएको सरकारी जग्गा र गुठीको जग्गा हिनामिनाका विषयमा छानबिन गर्ने जनाएको छ। यो आयोगलाई व्यक्तिको नाममा गरिएको सरकारी जग्गालाई पुनः सरकारकै नाममा ल्याउने कार्यादेश दिइएको छ।

त्यस्तै, आयोगले सरकारी जग्गा हिनामिनामा संलग्न व्यक्तिलाई कारवाहीका लागि सिफारिस पनि गर्ने छ।

 

प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्