Kathmandu Press

बिराटनगर प्रदेश १ को राजधानी; इटहरी र सुन्दरहरैंचालाई पनि समेटिने

काठमाडौँ, बैशाख २३ : प्रदेश १ को प्रदेश सभाको आजको बैठकले बिराटनगरलाई स्थायी राजधानी तोकेको छ । प्रशासनिक केन्द्र बिराटनगर रहे पनि कार्यपालिका र ....

बिराटनगर प्रदेश १ को राजधानी; इटहरी र सुन्दरहरैंचालाई पनि समेटिने
एजेन्सी

काठमाडौँ, बैशाख २३ : प्रदेश १ को प्रदेश सभाको आजको बैठकले बिराटनगरलाई स्थायी राजधानी तोकेको छ । प्रशासनिक केन्द्र बिराटनगर रहे पनि कार्यपालिका र व्यबस्थापिका लगायत अन्य संरचनाहरु इटहरी र सुन्दरहरैंचामा पनि रहने गरि बृहत बिराट विकास क्षेत्रको अबधारणालाई प्रदेश सभाले पारित गरेको छ । 

यी प्रस्ताबका पक्षमा ९३ मध्ये ८६ जना प्रदेश सभा सदस्यले समर्थन जनाएपछि सभामुख प्रदिपकुमार भण्डारीले प्रस्ताब पारित भएको घोषणा गरेका थिए । नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्तुत गरेको प्रस्ताबलाई बिपक्षी कांग्रेसले पनि समर्थन जनाएपछि निर्णय बहुमतले पारित भएको थियो ।

प्रदेश सभाले प्रदेशको राजधानी बिराटनगर रहने निर्णय गरे तापनि प्रदेशको नाम भने तोक्न सकेको छैन।

प्रकाशित मिति: २२:४९ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्