Kathmandu Press

अतित तपाईँको भविष्य होइन

प्रोमोसन भएन? जागिर गुम्यो? विवाह तोडिएको होला। पत्तै नपाइ छोराछोरी हुर्किए होलान्। स्वास्थ्यलाई ध्यान दिन सक्नुभएन होला। आत्मविश्वास धरमराएको हुनसक्छ।

चिन्त....

अतित तपाईँको भविष्य होइन

प्रोमोसन भएन? जागिर गुम्यो? विवाह तोडिएको होला। पत्तै नपाइ छोराछोरी हुर्किए होलान्। स्वास्थ्यलाई ध्यान दिन सक्नुभएन होला। आत्मविश्वास धरमराएको हुनसक्छ।

चिन्ता नगर्नुहोस्। केही फरक पर्दैन। ‘टाइम म्यानेजमेन्ट कोच’ बनेर मैले काम गरेको दश वर्ष भयो। यस्तै पछुतो लिएर आउने थुप्रै मानिस भेटेकी छु। समयको उचित व्यवस्थापन नहुनु मुख्य कारण हो। तपाईँ समयको खराब व्यवस्थापनको बन्दी हुनुभएको छ। तर, मुक्ति भने स्वयंले मात्रै दिनसक्नुहुन्छ।

समयको उचित व्यवस्थापन गर्नलाई केही परिवर्तन आवश्यक छ। समयले तपाईंलाई नभएर तपाईँले समयलाई व्यवस्थापन गर्नुपर्छ।

Hardik ivf

गल्ती स्वीकार्नुहोस्

अतितमा भएका गल्ती स्वीकार्नुपर्छ। नभए समय व्यवस्थापन सम्बन्धी सन्तुलित निर्णय गर्ने अवसर पाउँदा, निर्णय गर्न सकिँदैन। 

सानो छँदा किन समय नदिएको भनेर छोराछोरीले प्रश्न गर्लान्। तपाईँ भने पछुतो लुकाएर बस्नुहोला। समय मिलाउन नसकेकोमा ग्लानि होला। कसैको जवाफ यस्तो पनि हुनसक्छ – ‘छोराछोरीलाई मैले घरमा बिरलै देख्थें। तर, मेरो विभागमा सबैभन्दा छिटो मेरै पदोन्नती भयो।’

अतितको ‘ह्याङओभर’ कै कारण तपाईंलाई वर्तमानमा व्यक्तिगत जिम्मेवारीबाट पन्छिनुहुन्छ। ‘छोराछोरी अब सँगै बस्दैनन्। पत्निले घरमा खाना पर्खिरहेकी होलिन्। म चाँडै घर जानसक्छु। तर, २५ वर्षसम्म म किन समयमा आइनँ, जवाफ दिनुपर्ला। मलाई त्यसो गर्नु छैन,’ कसैलाई यस्तो विचार आउनसक्छ।

के छुटिरहेको छ ?

जीवनमा यस्तो समय पनि आउँछ जहाँ लामो समय काम गर्नुको विकल्प हुँदैन। कुनै विकल्प नहुँदा पनि आधारभूत आवश्यकता पूरा गर्न लागिपर्ने महिला र पुरूषको म सम्मान गर्दछु।

तर केही यस्ता घटना पनि हुन्छन् जहाँ विकल्प हुन्छ। समय व्यवस्थापन नगर्ने निर्णयले तपाईंले र तपाईंलाई माया गर्ने मानिसहरू दुखी हुन्छन्। यस्तो अवस्थामा उत्पन्न हुने ‘डिफेन्सिभनेस’लाई डा. जोन गोटम्यान ‘सम्भावित आक्रमण पन्छाउने प्रयासमा सदाचारको रोष वा निर्दाेष पीडितको स्वरूपमा उत्पन्न हुने आत्मरक्षा’ बताउँछन्। यसले व्यक्तिलाई सुरक्षा दिएको भान हुन्छ।

तर, वास्तवमा कैदी बनाइरहेको हुन्छ। ग्लानी, लज्जा वा ‘म तिमिलाई माया गर्छु, त्यसैले...’ बाट भागिरहनु भएको छ। तर, यसले तपाईँलाई अतितमा अड्काइ रहन्छ। यसले वर्तमान र भविष्यमा तपाईं र तपाईं निकटबीच अनावश्यक तिक्तता ल्याउँछ।

कसरी मुक्त हुने?

समयको यो विन्दुसम्म आइपुग्दा, समय व्यवस्थापन गर्ने तरिकालाई लिएर अनावश्यक रूपमा ‘डिफेन्सिभ’ हुने प्रवृत्ति तोड्न स्वयंलाई क्षमा गर्नुहोस्। अतितका गल्ती स्वीकार्नुहोस् र आफूलाई माफ गर्नुहोस्।

भन्नुहोस्,‘समयको उचित योजना नबनाएको र छोराछोरीको जीवनका महत्वपूर्ण घटनाहरू छुटाएकोमा म आफूलाई माफ गर्छु’ अथवा ‘कामको सीमा तय नगर्दा मेरो विवाह असफल भएको र स्वास्थ्य बिग्रिएकाले म आफूलाई क्षमा गर्दछु।’

अतितको यथार्थलाई इमान्दार भएर समिक्षा गरे, वर्तमानमा ध्यान केन्द्रित गर्न सकिन्छ र अगाडि बढ्नलाई आवश्यक परिवर्तन गर्न सकिन्छ।

प्रयास गर्नुअघि नै असफलताको अनुमान

‘किन टाउको दुखाउनु ? म यति पर आइसके कि अब केही गरे पनि फरक पर्दैन’ भन्ने सोच्नुहुन्छ भने असहायताको सिकाइ तपाईँको कारागार हुनसक्छ।

यो संसारलाई अनुभव गर्ने एक प्रकारको तरिका हो, जहाँ अतितमा भएका कुनै अनियन्त्रित घटनाका कारण तपाईं अनुचित रूपले निष्क्रिय बन्नुहुन्छ। तपाईंंसँग कुनै काम गर्ने समय त होला, तर तपाईंको नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण यसअघिका दुई ‘डेडलाइन’ गइसकेको हुन्छ। अनि तपाईँ इन्टरनेट चलाउनुहुन्छ।

के छुटिरहेको छ?

तपाईंका प्रयासहरूले परिस्थितिमा सुधार ल्याउन सक्दैनन् भन्ने अतितको अनुभवले सिकाएको छ। त्यही भएर तपाईं प्रयास नै गर्नुहुन्न। यसले परिवर्तन आउँदैन।

निष्क्रियता – नियन्त्रणभन्दा बाहिरको परिस्थितिमा नियन्त्रित अनुभव गर्ने तपाईंको तरिका हो। यसले तपाईंलाई प्रयासको कठिनाइ र असफलताको सम्भावनाबाट केहीबेर त जोगाउँछ। तर, कालान्तरमा, तपाईंलाई पछुतोको जेलसजाय गराउने शतप्रतिशत ग्यारेन्टी छ।

कसरी मुक्त हुने?

केही गर्नुहोस्। कुनै उपाय लगाउनुहोस्। जेसुकै परिणाम आओस् वा केही नआओस्, ध्यान नदिनुहोस्। कम्तिमा केही गर्नु त भयो भनेर खुशी हुनुहोस् ; हप्तौंदेखि वेवास्ता गरेको त्यो ‘प्रोजेक्ट डक्युमेन्ट’ खोल्नुहोस् र १५ मिनेट पढ्नुहोस्। अब तपाईं १५ मिनेट अघि बढ्नुभयो। कहिलेकाहिँ सुरूआत नै महत्वपूर्ण हुन्छ। के थाहा, त्यो १५ मिनेटले थप १५ मिनेट पढ्न प्रोत्साहित गर्छ कि?

कामबाट बेलैमा घर फर्किनुहोस्। व्यायाम गर्ने समय निकाल्नुहोस्। एकै रातमा तन्दुरूस्त त भइन्न, तर अगाडिको तुलनामा एक ‘एक्सरसाइज सेसन’ स्वस्थ हुनुहुनेछ। जतिसुकै सानो होस्, प्रत्येक सकारात्मक गतिविधिले समय व्यवस्थापन गर्न केही गर्न सकिन्छ भन्ने तथ्यपरक प्रमाण भेला पार्नुहुनेछ। यी साना–साना कुराले ठूलो परिवर्तन ल्याउँछ।

अतितका गल्तीलाई पक्षघात ल्याउन नदिनुहोस्

अतितमै अलमलिरहे अघि बढ्न र सकारात्मक परिवर्तन ल्याउन सकिदैंन। अतितमा समय व्यवस्थापन गर्न नसकेकोले यति नराम्रो लाग्छ कि सबै काम रोक्नुहुनेछ।

ध्यान केन्द्रित गर्न सकिदैंन। यस्तो सोंच मात्रै आउनसक्छ – ‘त्यति धेरै समय खेर नफालेको भए, म कति अगाडि बढिसकेको हुन्थें। यस्तो नराम्रो परिस्थिती आउन दिए भनेर म विश्वासै गर्न सक्दिनँ। यति काम गर्नलाई मैले त्यति धेरै अवसर कसरी छुटाएँ होला ?’

यस्ता विचार छुराजस्तै हुन्छन्। अघि बढ्नुको साटो, सबथोक छोडेर केही कम भावनात्मक कार्यमा मन बहलाउन थालिन्छ। यसले तपाईंलाई मुक्ति दिने परिवर्तन पूरा हुँदैन। समय व्यवस्थापन गर्ने तरिकामा सुधार आउँदैन।

के छुटिरहेको छ?

यदि तपाईंले यस्तो गरिरहनु भएको भए, यथार्थको पीडाबाट भाग्दै हुनुहुन्छ। खेर गएको समय, पैसा र अवसर र तपाईंको कामले त्यो यथार्थ निम्त्याएको तथ्य तीतो हुनसक्छ।

तर, अतितका गल्तीबारे आत्मसमिक्षा गरेर अघि बढ्न चाहनुहुन्छ भने यो आवश्यक छ। लागु पदार्थको दुर्व्यसनबाट मुक्त हुँदै गरेका व्यक्तिहरू ‘डिप्रेसन’को चरणबाट गुज्रिएजस्तै, समयको सकारात्मक व्यवस्थापन सुरू गर्नु मिठो अघिको तीतोजस्तै हुनसक्छ।

कसरी मुक्त हुने?

अतितको आत्मालोचनाले आफूलाई नरोक्नुहोस्। अझ पछुतो लाग्ने निर्णय गर्नुहुनेछ। तर, पछुतोलाई जीवनमा सकारात्मक शक्तिको रूपमा पनि प्रयोग गर्न सकिन्छ र के नगर्ने त्यो सिकिन्छ। त्यसैले, ‘बर्बाद भयो। यो काममा म कति पछि परें’ भन्ने सोंच आउँदा ‘हो, अतितका खराब निर्णयले म पछि परेकै हो। तर म अझ पछि पर्न चाहन्न। त्यसैले अघि बढ्नलाई आवश्यक समय दिनेछु। यसअघि गरेका गल्ती दोहो¥याए परिस्थिति अझ गम्भिर हुनेछ’ भनेर सोच्नुहोस्।

सीमा निर्धारण अयोग्य भएको अनुभव

छुटेका अवसरबारे हामी सबैलाई समय–समयमा ग्लानि हुन्छ। तर, अतितमा गरिएका गल्तिकै कारणसीमा निर्धारण गर्न ध्यान नदिए पछुतो र ग्लानीमै कैद हुनुपर्छ।

त्यसैले अहिले राम्रो काम गरे पनि, पोहोर साल धेरै समय खेर गयो भन्ने तपाईंलाई थाहा हुन्छ। तपाईंबाट गरिएको अपेक्षा पूरा नभएकोमा आफूलाई दोष दिइरहनु भएको होला। सबैले थाहा पाउँछन् भनेर चिन्ता पनि लागेको होला। समय व्यवस्थापनका ती निर्णयलाई लिएर पछुतो लागेकैले राति साढे दश बजे काम सम्बन्धी फोनको उत्तर दिनुहुन्छ होला वा सप्ताहन्त इमेल हेरेरै बित्छ होला। आफ्नै आवश्यकताको सम्मान गर्न अयोग्य भएजस्तो लाग्नसक्छ।

के छुटिरहेको छ?

यो मामिलामा, तपाईंले द्वन्द्व वा त्यसको सम्भावना टारिरहनु भएको छ। अतितको घटनालाई लिएर असहज अनुभव गर्ने भएकाले, आफूलाई अन्य व्यक्तिको नियन्त्रणमा छोड्नुहुन्छ। उनीहरूलाई दुखी देख्न चाहुनुहुन्न र आफ्नो योग्यता ‘पुष्टि’ गर्न चाहनुहुन्छ। सीमा तय गर्न र अतितका गल्तीलाई कोट्याउँछन् भन्ने डर लाग्छ। 

कसरी मुक्त हुने?

अतितका सबै गल्ति ठीक बनाएपछि, पछुतोको कारागारबाट मुक्त भइन्छ। अगाडि बढ्न सकिन्छ। आफ्नो लागि के सही र के गलत, निर्णय गर्ने अधिकार तपाईंसँग हुनेछ। अहिले नै द्वन्द्वको अलिकति सामना गरे पछिका द्वन्द्वहरू सजिलो हुनेछन्। वर्तमानमा समयको विवेकशील व्यवस्थापन र भविष्यमा दिगो र स्वस्थ जीवनशैलीका लागि उचित निर्णय गर्न सीमा निर्धारण गर्नुपर्छ।

स्वतन्त्रताको मुल्य

यी सबै कुराको सामना गर्दा छोटो समयका लागि केही भावनात्मक पीडा हुनसक्छ। परिस्थितीको गाम्भिर्य हेरेर केही दिन, साता वा महिना पनि लाग्नसक्छ। तर, अर्काे किनारमा अरूको अपेक्षा वा आफ्नै भावनात्मक मागको साङ्लोमा बाँधिने चिन्ता नगरी आफ्नै समय व्यवस्थापन र नियन्त्रण गर्ने स्वतन्त्रता छ। आफूले चाहेजस्तो बन्ने र गर्ने एउटै मात्र उपाय स्वतन्त्र हुनु हो।

-एलिजाबेथ ग्रेस सन्डर्स टाइम म्यानेजमेन्ट कोच हुन्।
 

प्रकाशित मिति: ०७:३९ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्