Kathmandu Press

सरकार राष्ट्रपतिको मात्रै होइन, सबै नेपालीको हाे: कोइराला

काठमाडाैं, वैशाख २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले वर्तमान सरकार राष्ट्रपतिको मात्र सरकार नभएर सबै नेपाली....

सरकार राष्ट्रपतिको मात्रै होइन, सबै नेपालीको हाे: कोइराला

काठमाडाैं, वैशाख २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले वर्तमान सरकार राष्ट्रपतिको मात्र सरकार नभएर सबै नेपालीको सरकार भएको बताएका छन्। 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेर गरेको सम्बोधनप्रति आपत्ति जनाउँदै सोमबार संसदमा बोल्दै कोइरालाले सरकार कुनै व्यक्तिको नभएर नेपाली जनताको भएको बताएका हुन्।

“वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन, न त राष्ट्रपतिज्यूले भन्नु भए जस्तो उहाँको सरकारमात्रै होइन,'उनले भने। उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएको समयावधिभित्र पाँच लाख रोजगारी उपलब्ध गराउने, सबै नेपालीको बीमा गर्ने, रेल चलाउने तथा पानीजहाज चलाउने कुरा पत्याउनै नसक्ने कार्यक्रम भउको बताए।

कोइरालाले सरकारको नीति तथा कार्यक्रम दलगत स्वार्थका आधारमा आएको आरोप पनि लगाए।

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्