बाबुरामको चेतावनी- संविधान संशोधन नभए सरकार छोड्छौं
काठमाडौं, वैशाख २३ : समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने चेतावन....

काठमाडौं, वैशाख २३ : समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएका छन्।
पार्टी एकता घोषणा कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भट्टराईले संविधान संशोधन नभए आफूहरु सरकारमा नबस्ने बताएका हुन्। उनले भने,‘संविधान संशोधनको माग सम्बोधन भएन भने सरकारमा बस्नुको औचित्य छैन। हामीले जुनसुकै बेला पनि सरकार छोड्न सक्छौं।’ उनले सरकार आफूहरुको प्राथमिकतामा नरहेको पनि बताए।
‘हामीले सरकार, संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएका छौं,’उनले भने,‘ यदि संविधान संशोधन भएन भने सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन सक्छौं।’ उनले समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश २ को सरकारलाई ढाल्ने नेकपाको प्रयास सफल नहुने पनि बताए।











