Kathmandu Press

एउटा आन्दोलनबाट मात्रै नेपालमा गणतन्त्र आएको होइनः प्रधानमन्त्री अ‍ोली

काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एउटा आन्दोलनबाट मात्रै नेपालमा गणतन्त्र नआएको बताएका छन्।

गणतन्त्र दिवस मुल सम....

एउटा आन्दोलनबाट मात्रै नेपालमा गणतन्त्र आएको होइनः प्रधानमन्त्री अ‍ोली

काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एउटा आन्दोलनबाट मात्रै नेपालमा गणतन्त्र नआएको बताएका छन्।

गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघिदेखि नै गणतन्त्रका लागि संघर्ष भएको बताए। ‘कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको होइन,’प्रधानमन्त्री ओलीले भने,‘विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो।’

उनले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताए। प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवसका रुपमा मनाउनु पर्ने पनि बताए। ‘गणतन्त्रलाई गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ,’उनले भने,‘यो जनताको दिवस हो। जनताले जितेको उत्सवको रुपमा मनाउनु पर्दछ।’

गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई बिस्थापित गरेको बताए। कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको बताए।
 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्