Kathmandu Press

सरकारको वेवास्ताले विद्युतीय सवारी चलाउन सकिएन : सुन्दर यातायात

काठमाडौँ, वैशाख २३ : सरकारले सहयोग नगर्दा विद्युतिय सवारी चलाउन समस्या आएको सुन्दर यातायत प्रालिले जनाएको छ।

प्रालिले सरकारलाई सहयोग गर्ने उ....

सरकारको वेवास्ताले विद्युतीय सवारी चलाउन सकिएन : सुन्दर यातायात

काठमाडौँ, वैशाख २३ : सरकारले सहयोग नगर्दा विद्युतिय सवारी चलाउन समस्या आएको सुन्दर यातायत प्रालिले जनाएको छ।

प्रालिले सरकारलाई सहयोग गर्ने उद्देश्यले विद्युतिय सवारी चलाउने तथा चार्जिङ स्टेसन बनाउनका समान आयात गरेर पनि थन्क्याउनु परेको आरोप लगाएको छ। सरकारले नीतिगत निर्णय नगर्दा लाखौ रुपैयाँ डुव्न लागेको कम्पनीले जनाएको छ।

सरकारको आगामी वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा विद्युतिय  सवारी साधन सञ्चालनमा ल्याउने उल्लेख छ। यसअघिका सरकारले पनि पटकपटक नीति तथा कार्यक्रममा समावेश गरेको भएपनि निर्णय नगर्दा समस्या आएको कम्पनीले सुन्दर यातायातले विज्ञप्तीमार्फत जनाएको छ।

चार्जिङस्टेसन सञ्चालनका लागि आवश्यक मेसिन तथा अन्य सामाग्री आयात गर्नका लागि स्पष्ट नीति नियम बनाउन पटकपटक अनुरोध गरेको भएपनि सरकारले नै चासो नदेखाएको कम्पनीले जनाएको छ।

सरकारले विद्युतिय सवारी साधन सञ्चालनमा ल्याउनका लागि अहिलेसम्म विद्युतिय युनिटदर र रेट निर्धारण नगरेको, भाँडा दर नतोकेको, विद्युतिय  सवारीसम्बन्धी कुनै पनि स्पष्ट नीति नबनाउँदा विद्युतिय सवारी साधन सञ्चालनमा ल्याउने कुरा  नीति तथा कार्यक्रममा मात्र  सिमित हुने कम्पनीको भनाइ छ।

सरकारद्वारा छुट प्रोत्साहन, चार्जिङ स्टेसन भन्सार छुटको सरकारले घोषणा  गरेको भएपनि अहिलेसम्म कार्यान्वयनमा  नआएको सुन्दर यातायातको आरोप छ। 

विद्युतिय  सवारी साधनमा भएका घोषणालाई कार्यान्वयन गरी  नीति तथा कार्यक्रममा मात्र सिमित नराख्न कम्पनीले आग्र्रह  समेत गरेको छ । कम्पनीले चक्रपथमा विद्युतिय सवारी संचालन गर्ने र चार्जिङ स्टेसन समेत बनाउने गरी लगानी गर्ने घोषणा एकवर्ष अगाडीनै गरिएको थियो।

 

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्