नयाँ शक्ति र फोरमबीच एकता (हेर्नुस्, भिडियो र तस्बीर)
काठमाडौं, वैशाख २३ : डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच आज एकता भएको छ। दुवै पार्ट....
काठमाडौं, वैशाख २३ : डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच आज एकता भएको छ। दुवै पार्टी मिलाएर समाजवादी पार्टी नेपाल नामकरण गरिएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा दुवै पार्टीले एकताको घोषणा गरेका हुन्। कार्यक्रममा नयाँ शक्तिका संयोजक डा.भट्टराई, फोरमका अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राईलगायतका नेता उपस्थित रहेका थिए।
तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर डा.भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए। माओवादी सशस्त्र विद्रोहका प्रमुख योजनाकारमध्ये डा.भट्टराई पनि थिए। उनको नयाँ शक्ति बनाउने अभियान पनि सकिएको छ। एकता समारोहमा दुवै पार्टीका नेताले तेस्रो धारको रुपमा समाजवादी पार्टी उभिने घोषणा गरेका छन्।






