Kathmandu Press

सगरमाथा आधारशिविरमा हिमपहिरो, तिब्बती क्षेत्रमा पनि ‘फनी’को प्रभाव (भिडियोसहित)

काठमाडौं, वैशाख २३ : बंगालको खाडीबाट आएको शक्तिशाली फनी चक्रवातको असरले सगरमाथा आधारशिविरमा हिमपहिरो गएको छ। फनीको प्रभाव तिब्बती क्षेत्रमा पनि परेको ....

सगरमाथा आधारशिविरमा हिमपहिरो, तिब्बती क्षेत्रमा पनि ‘फनी’को प्रभाव (भिडियोसहित)
काठमाडौं प्रेस

काठमाडौं, वैशाख २३ : बंगालको खाडीबाट आएको शक्तिशाली फनी चक्रवातको असरले सगरमाथा आधारशिविरमा हिमपहिरो गएको छ। फनीको प्रभाव तिब्बती क्षेत्रमा पनि परेको छ।

हिजो सगरमाथा आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको  क्याम्प १ नजिक हिमपहिरो गएको हो। हिमपहिरोले केही असर नगरेको आधारशिविरमा रहेका लाक्पा नार्बु शेर्पाले बताए।

फनीको प्रभाव कम भएलगत्तै हिमपहिरो आएको हो। हिमपहिरो आधारशिविरमा नपुगेकाले केही असर नपरेको जनाएको छ।

फनी चक्रवातका कारण दुई दिन हिमाल आरोहण प्रभावित भएको थियो। आरोही र गाइडलाई सुरक्षित रहन निर्देशन दिइएको थियो। जसका कारणले शुक्रबार र शनिबार पूर्वि नेपाल र हिमाली क्षेत्रमा हेलिकप्टर उडानसमेत रोकिएको थियो।

आइतबारदेखि पुनः आरोहण संचालनमा आएको छ। सगरमाथा आधारशिविरमा आरोही र गाइडको घुइचो लागेको छ।

मौसममा सुधार आएसँगै आधारशिविरबाट माथिल्लो क्याम्पतिर लाग्न थालिएको ङिमानुरु शेर्पाले बताए। मौसम खुलेसँगै आरोहीहरु अभ्यासमा जुटेका छन्।

फनी चक्रवातले तिब्बती क्षेत्रमा पनि प्रभाव परेको छ। तिब्बती क्षेत्रतिर पनि पाँच दिन बाक्लो हुस्सु र भारी हिमपात भएको जनाएको छ। सोमबारदेखि मौसम सुध्रिदै गएको जनाएको छ।

 

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्