Kathmandu Press

नेकपा निर्णयविरुद्ध विराटनगर बन्द

विराटनगर, वैशाख २३ : नेकपा प्रदेश कमिटीको निर्णयविरुद्ध विराटनगर बन्द गरिएको छ। स्थानीय बासिन्दा, व्यापारी र राजनीतिक दलका नेताले आज विराटनगर बन्द गरे....

नेकपा निर्णयविरुद्ध विराटनगर बन्द
काठमाडौं प्रेस

विराटनगर, वैशाख २३ : नेकपा प्रदेश कमिटीको निर्णयविरुद्ध विराटनगर बन्द गरिएको छ। स्थानीय बासिन्दा, व्यापारी र राजनीतिक दलका नेताले आज विराटनगर बन्द गरेको हुन्।

नेकपा रदेश कमिटीले प्रदेश १ को राजधानी विराटनगर राख्ने तर, त्यसका संरचना इटहरी र सन्दरहरैचामा पनि विस्तार गर्ने निर्णय गरेको थियो। प्रदेश १ सभामा नेकपाको बहुमत छ।

यस्तो निर्णयप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ता, व्यापारी र सर्वसाधारण विरोधमा उत्रिएका हुन्। उनीहरूले प्रदेश राजधानीका सबै संरचना विराटनगरमै बनाउनु पर्ने माग गरेका छन्। प्रदेश १ को राजधानी सार्न चलखेल भएको उनीहरूको आरोप छ।

उनीहरूले संघर्षका कार्यक्रम तय गरेका छन्। जसअन्तर्गत पहिलो दिन विराटनगर बन्द गरिएको छ। बन्दका कारण जनजीवन प्रभावित भएको छ।

दवाव समूहमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राजपा सहभागी छन्। त्यस्तै, उद्योगी, व्यवसायी, पेशाकर्मी, सर्वसाधारण यसमा संलग्न छन्। नेकपाका स्थानीय नेता कार्यकर्ता पनि पार्टी निर्णयको विरोधमा उत्रिएका छन्।

 

प्रकाशित मिति: १२:०४ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्