Kathmandu Press

काठमाडौं उपत्यका यसरी गरियो छठ पूजा (फोटो फिचर) 

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ शुक्रबार श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। काठमाडौं उपत्यकामा पनि तराईवासीले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरेका छन्।
काठमाडौं उपत्यका यसरी गरियो छठ पूजा (फोटो फिचर) 

काठमाडौं, मंसिर ५ : शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ शुक्रबार श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। 

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले शुक्रबार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिएर पूजापाठ गरेका छन्।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ। यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।

Hardik ivf

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ। यस्तै, काठमाडौं उपत्यकामा पनि तराईवासीले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरेका छन्।

थापाथलीस्थित वागमती नदी किनारमा गरिएको छठ पूजाका केही दृश्य :

प्रकाशित मिति: ००:१२ बजे, शनिबार, मंसिर ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्