धनगढी विमानस्थल एक महिनाका लागि बन्द
धनगढी,वैशाख २२ : सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौं-धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा उडान सेवा बन्द गरिएको छ।&nb....

धनगढी,वैशाख २२ : सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौं-धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा उडान सेवा बन्द गरिएको छ।
विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले आइतबारबाट एक महिनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए। एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये आठ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनःनिर्माण गर्न लागिएको छ।
यस्तै, पार्किङ क्षेत्रमा दुई वटा जहाज एक साथ अड्याउने व्यवस्था रहेकामा एकसाथ चार वटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्रको विस्तार गर्न लागिएको बताइएको छ। आगामी जेठ महिनाको २१ गते पछि मात्र विमानस्थलमा हवाई सेवा ;सञ्चालन गरिने बताइएको छ।
लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो विमानस्थाल धनगढी विमानस्थल हो। झण्डै १८ करोडको लागतमा विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र निर्माण एवं स्तरोन्नति गर्नका लागि विभिन्न तीन वटा निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको बताइएको छ।
धनगढी विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौं धनगढीसम्मको हवाई सेवा उपलब्ध गराइरहेकामा निजी क्षेत्रको बुद्ध एयर र श्री एयरलायन्सले काठमाडौं-धनगढीका लागि दैनिक चार उडान भर्दै आएका थिए।











