Kathmandu Press

मौसममा सुधार आएसँगै सगरमाथा आरोहण सुरू 

काठमाडौं, वैशाख २२ : प्रतिकुल मौसमका कारण रोकिएको सगरमाथा हिमाल आरोहण आइतबारबाट पुनः सुरु भएको छ। मौसममा सुधार आएसँगै आरोहीहरु सगरमाथा आधार शिविर....

मौसममा सुधार आएसँगै सगरमाथा आरोहण सुरू 

काठमाडौं, वैशाख २२ : प्रतिकुल मौसमका कारण रोकिएको सगरमाथा हिमाल आरोहण आइतबारबाट पुनः सुरु भएको छ। मौसममा सुधार आएसँगै आरोहीहरु सगरमाथा आधार शिविरबाट क्याम्प २ तिर जाने तयारी गरेका छन्। 

सगरमाथाको क्याम्प २  जाने तयारीमा आरोही रहेको आरोहण दलका गाइड पासाङ शेर्पाले जानकारी दिए। आरोहणका लागि मौसम अनुकूल देखिएकाले यो वर्षको आरोहण उत्साहजनक हुने शेर्पाले बताए।

पर्यटन विभागबाट अनुमति लिने आरोही र उनीहरूका सहयोगी आरोहणका लागि गन्तव्यतर्फ प्रस्थान गर्न थालेसँगै आधार शिविर भरिभराउ भएको छ। व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्छन्। सरकारलाई तिर्ने दस्तुरबाहेक आरोहीहरूले एक्सपिडिसन कम्पनीको लागत, बीमा, हिमाल आरोहण गर्ने गियर (सामग्री), नेपाल सरकारले खटाउने सम्पर्क अधिकृतलाई भत्ता, हवाई टिकटलगायत खर्च व्यहोर्नु पर्छ।

देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन्। सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ।   विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
 

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, वैशाख २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्