Kathmandu Press

विशिष्ट परराष्ट्र सेवा पुरस्कार रमेश अधिकारीलाई

काठमाडौं, वैशाख २२ : अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का निर्वाचन, विधि निर्माण र राजनीतिक सल्लाहकार रमेश अधिकारीलाई अमेरिकी सरकारले अन्....

विशिष्ट परराष्ट्र सेवा पुरस्कार रमेश अधिकारीलाई

काठमाडौं, वैशाख २२ : अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का निर्वाचन, विधि निर्माण र राजनीतिक सल्लाहकार रमेश अधिकारीलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित गरेको छ।

गत वैशाख १८ गते वाशिङ्टन डीसीको वार्नर थिएटरमा आयोजित एक समारोहमा यूसएआईडी प्रमुख मार्क ग्रिन र उप प्रशासक बोनी ग्लिकले ५ लाख रुपैया सहित अधिकारीलाई विशिष्ट परराष्ट्र सेवा राष्ट्रिय पुरस्कार हस्तान्तरण गरेका हुन्। 

विगत आठ वर्षदेखि यूसएआईडीसँग सम्वद्ध रही राजनीतिक दल, निर्वाचन, संसदीय मामिला र संघीयतासहित स्थानीय सरकारसम्बन्धि विषय–क्षेत्रमा कार्यरत अधिकारीको योगदानको कदर गर्दै यो अन्तर्राष्ट्रिय पुरस्कार दिइएको हो।

आफ्ना सहकर्मी, परिवार र साथीभाइको सहयोगका कारण यो पुरस्कार प्राप्त गर्न सफल भएको बताउँदै अधिकारीले भनेका छन्, ‘यो मेरो जीवनकै एउटा अविष्मरणीय र सुखद क्षण हो।’

थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट क्षेत्रीय तथा ग्रामीण योजना निर्माणमा स्नातकोत्तर गरेका अधिकारीले यसअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी(मा १४ वर्ष,  डेनिस कर्पोरेशन फर इन्टरनेशनल डिभेलपमेन्टमा तीन वर्ष र एक्शन एडमा १ वर्ष काम गरेका थिए। त्यसअघि चार वर्ष उनी पत्रकारितामा पनि संलग्न थिए।

प्रकाशित मिति: ०७:०१ बजे, आइतबार, वैशाख २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्