Kathmandu Press

सरकारको नीति तथा कार्यक्रम परिस्कृत नभएको निबन्धजस्तो : डा.महत

काठमाडौं, वैशाख २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई परिस....

सरकारको नीति तथा कार्यक्रम परिस्कृत नभएको निबन्धजस्तो : डा.महत

काठमाडौं, वैशाख २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन्।

उनले भने,‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षका लागि हो, तर सरकारले धेरै महत्वकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ। जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महतले सरकारले आफ्नो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम ल्याएको पनि आरोप लगाए। उनले भने,‘यो सरकार कामभन्दा प्रचारमुखी छ। यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन्।’

उनले नीति तथा कार्यक्रम एक वर्षको लागि भएकाले छोटो हुनुपर्नेमा धेरै लामो भएको पनि टिप्पणी गरे। उनले भने,‘दुई घण्टा लामो भाषण गरियो। यति लामो भाषण त नेपालको इतिहासमा कहिल्यै भएको थिएन।’ 

उनले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि स्पष्ट पारे। 


 

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, वैशाख २१, २०७६