बालुवाटार जग्गा प्रकरणका दोषीलाई कारबाही गर्न कांग्रेस नेताहरूको माग
रुपन्देही, वैशाख २१ : नेपाली कांग्रेस रुपन्देहीका नेताहरूले बालुवाटारको सरकारी जग्गा काण्डका दोषीलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन्।
....
रुपन्देही, वैशाख २१ : नेपाली कांग्रेस रुपन्देहीका नेताहरूले बालुवाटारको सरकारी जग्गा काण्डका दोषीलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन्।
बुटवलमा शनिबार आयोजित पत्रकार भेटघाटमा कांग्रेसका नेताहरूले भ्रष्टाचार र जग्गा काण्डका दोषी सबैलाई कानूनअनुसार कारवाही गर्न माग गरेका हुन्। बालुवाटार जग्गा काण्डमा आफ्नै पार्टी सभापतिको नाम पनि मुछिएको प्रसंग पत्रकारले उठाएपछि जवाफमा ती नेताले जुनसुकै पार्टीको भए पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
उनीहरूले जनतालाई ढाँट्ने छल्ने कुनै पनि पार्टीका नेतालाई छोड्न नहुने र हाम्रै पार्टीका नेता तथा कार्यकर्ता परे पनि कारवाही गर्नुपर्नेमा जोड दिए।
कांग्रेस नेता युवराज गिरीले संविधान र नेपालको प्रचलित कानूनबमोजिम सत्यतथ्य जनतासामु ल्याएर दोषीलाई कारवाही गर्न सरकारसँग माग गरे। मुलुकमा भ्रष्टाचार र बेथिति बढेको टिप्प्णी गर्दै उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं २ बाट उम्मेदवार बनेका गिरीसहित प्रदेशसभाका उम्मेदवार महेशमान सिंह र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, सैनामैना नगरपालिकाका प्रमुखका उम्मेदवार फणिन्द्र शर्मा र तिलोत्तमा नगरपालिकाको प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले देश र जनताप्रति जवाफदेही हुन आग्रह गरेका थिए।











