बाबुराम र उपेन्द्रबीच पार्टी एकता गर्ने सहमति, घोषणा पर्सि
काठमाडौं, वैशाख २१ : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरणको सहमति भएको छ।
शनिबार भएको छलफलमा दुई पार्टीबीच एकी....
काठमाडौं, वैशाख २१ : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरणको सहमति भएको छ।
शनिबार भएको छलफलमा दुई पार्टीबीच एकीकरणको सहमति भएको हो। पार्टी एकीकरणको सहमति पत्रमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षरण गरेका छन्। एकीकरणपछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने सहमति पनि भएको छ।

एकीकृत पार्टीको अध्यक्ष भट्टराई र यादव दुबै हुनेछन्। भट्टराईले पार्टीको संघीय परिषद्को अध्यक्षता गर्ने र यादवले केन्द्रीय समिति बैठकको अध्यक्षता गर्ने सहमति पनि जुटेको छ।
यस्तै, समाजवादी पार्टी, नेपालको पदाधिकारी २५ सदस्यीय हुनेछन् जसमा फोरम नेपालबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन्।
पार्टी एकताको घोषणा वैशाख २३ प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रममा गरिने छ।
हेर्नुस् सहमति पत्र:







