Kathmandu Press

तिहार त आयो, तर भगवान लग्ने आएनन् (तस्बिरहरु)

दुई दशकयता पहिलाे पटक भक्तपुरका चेतकुमारी दम्पत्ति तिहारमा खुशी छैनन्, किनकि उनीहरुले काेरेका भगवानका तस्बिर यसपटक बेचिएका छैनन्।
तिहार त आयो, तर भगवान लग्ने आएनन् (तस्बिरहरु)

भक्तपुर, कात्तिक २६ : दशैं सकिएसँगै भक्तपुरकाे याछिनकी ६७ वर्षीया चेतकुमारी चित्रकारको मन प्रफुल्लित भएको थियो। तिहारमा भगवानका तस्बिर बिक्री गरेर आयआर्जन गर्न सकिएला भन्ने आश लागेको थियो।

तर, तिहार नजिकिँदै गर्दा पनि उनी खुशी छैनन्। दुई दशकपछि उनलाई तिहारले खुशी लिएर आएको छैन। 'सँधै तिहारमा भगवानका तस्बिर बिक्री हुन्थे। यसपटक बिक्री भइरहेका छैनन्,' चेतकुमारी भन्छिन्।

चेतकुमारी दम्पत्तिले दुई दशकदेखि भगवानका तस्बिर बनाउँदै आएका छन्। तिहारसँगै नागपञ्जमी, श्रीपञ्मीलगायतका चाडपर्वमा उनले कोरेका तस्बिर थुप्रै बिक्री हुने गरेका थिए। यसपटक भने उनी निराश छिन्।

Hardik ivf

भारतबाट आधुनिक तस्बिर आउन थालेसँगै कम भएको उनको व्यवसाय यसपटक त झन कोरोनाका कारण ठप्पै भएको छ। लामो समयपछि पहिलोपटक तिहारमा उनले बनाएका तस्बिर बिक्री भएका छैनन्।

यि तस्बिर महंगा पनि छैनन्। एउटाको १५ देखि २० रुपैयाँ पर्छ। यि तस्बिर खरिँदा गर्दा एक त चेतकुमारी दम्पत्तिको दैनिकी चल्छ, अर्को परम्परागत कलाको संरक्षणमा पनि सहयोग पुग्छ।

उनी भन्छिन्, 'भक्तपुर घुम्न आउनेहरुले एउटा एउटा पनि लगिदियो भने कति धेरै बिक्री हुन्थ्यो।'

 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, कात्तिक २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्