आगामी आर्थिक वर्ष इतिहासकै तिव्र आर्थिक विकासको वर्ष
काठमाडौं, बैशाख २० : राष्ट्रपति विद्यादेवी भन्डारीले संघीय संसदबाट सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी ....
काठमाडौं, बैशाख २० : राष्ट्रपति विद्यादेवी भन्डारीले संघीय संसदबाट सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष इतिहासकै तिव्र आर्थिक विकासको वर्ष हुने घोषणा गरेकी छन्।
उनले अबको चारवर्ष भित्रमा नेपाल इतिहासकै सबैभन्दा बढि आर्थिक विकास गर्ने लक्ष्य रहेको बताइन् । २०७५ सालमा भएको लगानी सम्मेलनले नेपालमा लगानीको मात्रामा वृद्धि भइ आगामी चार वर्ष भित्रमा आर्थिक बद्धि दोहोर अंकले बढ्ने उनले घोषणा गरेकी छन्।
सार्वजनिक यातायात सेवालाई प्रोत्साहित गरिनुको साथै विद्युतिय बस संचालनमा जोड दिने समेत भण्डारीले घोषणा गरेकी छन्। दुई वर्ष भित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिने भएको छ । त्यस्तैगरी आगामी वर्ष विर अस्पतालको भक्तपुरको दुवकोटमा अध्याधुनिक सुविधा सम्पन भवनको निर्माण गरिने समेत घोषणा गरेकी छन् ।
सरकारले अब बनाउने सडक अनिवार्य रुपमा २ लेनको बनाउने समेत भएको छ । त्यस्तै काठमाडौंंलाई चीन र भारतबाट आउने रेलबाट जोड्नका लागि प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य समेत रहेको छ । नेपालीको पानी नेपालीको लगानी अभियानलाई तिव्रता दिदै ४ वर्ष भित्र ३ हजार मेगावट र एकवर्ष भित्र १ हजार मेगावट विजुली थप गर्ने सरकारको लक्ष्य रहेको समेत राष्ट्रपति भन्डारीले घोषणा गरेकी छन् ।
मावनीय क्षमता विकास, राष्ट्रिय सम्पति निर्माण, विधिको शासनलगायतका विषयलाई नीति तथा कार्यक्रममा प्रथमिकतामा राखेको छ। लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका योजना समयमै पूरा गरिने लक्ष्य राखिएको छ।
बुढी गण्डकी आयोजनामा तीव्र रुपमा काम गर्ने सरकारको लक्ष्य छ। मेलम्ची खानेपानी आयोजना आर्थिक वर्षमै पुरा गर्ने सरकारको लक्ष्य छ। ४ वर्षभित्र मध्यपहाडी राजमार्ग पूरा गर्ने र यो वर्ष कालीगण्डकी करिडोरअन्तर्गत कोरला नाकासम्म १२ महिना सवारी चल्ने बनाउने सरकारको लक्ष्य छ। नयाँ आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ।
गौतम बुद्ध विमानस्थल सन् २०१९ र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने भएको छ। निजगढ विमानस्थलको निर्माणकार्य शीघ्र गरिने भण्डारीले बताइन्। त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सुचारु गर्दै वुटिक विमानस्थल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
सवै गाऊपालिका जोड्ने सकड ३ वर्ष भित्र कालोपत्रे गरिने समेत लक्ष्यमा राखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्रीले सन्तुलन राजस्व प्रणालीमा सुधारगरी स्वदेशी लगानीको सुनिश्चितता गरिने बताएकी छन्।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा उनले सुचना प्रविधिको विकासगरी तहगत बजेट पनि कार्यन्वयन गरिने बताइन् । यसैवर्षमा बाट सञ्चालन भइरहेको चोभारमा निर्मित सुख्खा बन्दरगाहा अबको ३ वर्ष भित्रमा सञ्चालनमा ल्याइने छ । प्रधानमन्त्री कृषि कार्यक्रमलाई अघि बढाइने जनाइएको छ । रासानियक मललाई विस्तापित गरी जैवक प्राङगारिक मलमा निर्भर गरिने छ । किसानालाई समयमा मल र मलको मूल्यमा समायोजन गरी गर्ने छ।






