हेलिकप्टरबाट सुत्केरीको उद्दारदेखि हुरीबतासपीडितलाई राहतसम्म सरकारका उपलब्धि
काठमाडौं, वैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक दोहोरो आर्थिक बृद....
काठमाडौं, वैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक दोहोरो आर्थिक बृद्धिको लक्ष्य नजिक पुगेको बताएकी छन्।
उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले खोलामा झलुङगे पुल हालेकोलाई पनि सरकारके उपलब्धिको रुपमा प्रस्तुत गरेकी छन्।
सरकारले गरेको उपलव्धी सार्वजनिक गर्दै उनले ठूला आयोजनाको काममादेखिएको प्रगतिदेखि मुगुको सुत्केरीको उद्दारसम्मलाई सरकारले उपलव्धी हासिल गरेको बताएकी छन् । ठूला आयोजना निर्माणमा, उद्योगको विकास, आयोजनाको सहजीकरण गर्दैै विकास सम्भव छ भन्ने नारालाई यथार्थमा परिणत गरको दावी समेत गरेकी छन् ।
उनले पानी जहाज देखि रेल आउने तथा पहाडमा सुरुङ मार्गको अध्ययनमा समेत सरकारले उपलव्धी हासिल गरेको बताइन । ‘हावाहुरीको पिडित हुदाँ राहत बोकेर सरकार तराई पुगेको छ, खोलमा झोलु्रगे पुल लिएर गएको छ,’ राष्ट्रपति भन्डारीले भनिन् । पुँजीको खोजी, पूर्व पश्चिम राजमार्ग चारलेन बनाउने कामदेखि रेलमार्ग जोड्ने कामको प्राविधिक काममा मुख्य उपलव्धी हासिल गरेको उनले दावी गरेकी छन् ।
उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ७५ प्रतिशत, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल ४० प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा संचालन देखि ७ वटा विमानस्थलबाट रात्री कालिन उडानमा सुरु गराएको समेत बताइन् । असार मसान्तसम्म २ सय ८७ मेगावट विद्युत क्षमता राष्ट्रिय प्रशारण लाइनमा जोडिने समेत उनले बताइन । उनले ९ सय मेगावटको अरुणको सिलन्यास, प्रसारणलाइनको क्षमता विस्तार तथा निःशुल्क मिटर विपन्नलाई उपलव्धी गरिएको समेत बताइन।






