Kathmandu Press

‘समृद्ध नेपाल सुखी नेपाली’ को जग बस्यो, अब कार्यान्वयन हुन्छ : राष्ट्रपति भण्डारी 

काठमाडौं, वैशाख २० : राष्ट्रपति विद्यादेवी भन्डारीले संघीय संसदबाट सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चालु वर्षमा....

‘समृद्ध नेपाल सुखी नेपाली’ को जग बस्यो, अब कार्यान्वयन हुन्छ : राष्ट्रपति भण्डारी 

काठमाडौं, वैशाख २० : राष्ट्रपति विद्यादेवी भन्डारीले संघीय संसदबाट सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चालु वर्षमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को जग बसेको बताएकी छन् । 

‘सरकारले समृद्ध नेपालको जग बसाएको छ, आगामी वर्ष कार्यन्वयन हुने छ,’ भन्डारीले भनिन् । राष्ट्रिय आकांक्ष र लक्ष्य पुरा गर्नका लागि अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याएको भन्दै जसको जगमा धेरै उपलव्धीहरु हासिल भएको बताइन् ।  आगामी आर्थिक वर्ष २०७६/७७ मा जनताले ठोस उपलव्धी हासिल गर्ने सरकारको प्रतिवद्धता समेत रहेको बताइन् । राष्ट्रपति भन्डारीको सम्बोधन जारी छ

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, वैशाख २०, २०७६