Kathmandu Press

बसपार्क बाहिरका टिकट काउन्टर आइतबारदेखि बन्द गरिने

काठमाडौं, वैशाख २० : बसपार्कभन्दा बाहिरका टिकट काउन्टर आइतबारदेखि बन्द गरिने भएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अव्यवस्थित रुपमा सञ्चालन भइर....

बसपार्क बाहिरका टिकट काउन्टर आइतबारदेखि बन्द गरिने

काठमाडौं, वैशाख २० : बसपार्कभन्दा बाहिरका टिकट काउन्टर आइतबारदेखि बन्द गरिने भएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अव्यवस्थित रुपमा सञ्चालन भइरहेका टिकट बन्द गर्न लागिएको हो।

काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरीको संयोजनमा आइतबारदेखि लागू हुने गरी अव्यवस्थित फुटफाथ, टिकट काउन्टर हटाउन लागेको महानगरले जनाएको छ। 

अव्यवस्थित टिकट काउन्टरले लुटपाट, ठगी हुने, ट्राफिक जाम बढ्ने भएकाले काउन्टर हटाउन लागिएको महानगरका प्रवक्ता इश्वरमान ढंगोलले बताए। ‘आइतबारदेखि तोकिएको ठाउँमा मात्र टिकट काट्नुपर्ने, काउन्टर सञ्चालकले अनिवार्य पोशाक लगाएको हुनुपर्ने छ,’ उनले भने।

अब बस कम्पनीले कर्मचारी नियुक्ती गरेका कर्मचारीले पोशाक लगाएको हुनुपर्ने, प्रमाणपत्र बोकेको हुनुपर्ने महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाले बताए । ‘अहिले उपत्यकाभित्र मात्र हो, केही समयपछि अन्य जिल्लामा पनि लागू हुनेगरी काम भइरहेको छ,’ उनले भने।

अहिले काठमाडौंको कोटेश्वर, कलंकी, गौशाला र सुन्धारालगायतका विभिन्न क्षेत्रमा टिकट काउन्टर संचालनमा छन्। महानगरीय ट्राफिक प्रहरीले पछिल्लो समय कलंकी चोकमा बस रोक्न, यात्रु चढाउन र ओराल्न रोक्दै आएको छ।

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, वैशाख २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्