समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौ : प्रधानमन्त्री
काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली हेर्न चाहेको बताएका छन्।
आज दक्षिण एशियाली उद्....
काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली हेर्न चाहेको बताएका छन्।
आज दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’झै दक्षिण एशियाको नारा दिएका हुन्। प्रधानमन्त्रीले दक्षिण एशियाली महासंघका प्रतिनिधिसँग भने, ‘हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं।’
उनले नेपालले मात्र हैन, दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतिलाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं। केही समय विभिन्न कारणले पछि पर्यौं तर, अब त्यो समय सकियो। हामी अघि बढ्छौं,’ प्रधानमन्त्री ओलीले भने।
उनले दक्षिण एशियाली क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको जिकिर गरे। दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकाले यस्तो बेलामा विकासमाा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको भनाइ थियो।











