Kathmandu Press

आरोहणमा गएका पर्यटकलाई सुरक्षित राख्न निर्देशन, आज र भाेलि हेलिकप्टर उडान बन्द

काठमाडौं, वैशाख २० : पर्यटन विभागले हिमाली क्षेत्रको मौसम बिग्रन सक्ने जनाउँदै आरोहणमा गएका पर्यटक तथा गाईडहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।

<....

हिमाल आरोहण तथा पदयात्राको मुख्य सिजन भएकाले सयौं विदेशी पर्यटकहरू हिमालतर्फ लागेका छन्। यही समयमा मौसम बिग्रिएको र फनी चक्रबातको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसम विभागले जानकारी दिएकाले सबै पदयात्री तथा आरोहीलाई सुरक्षित स्थानमा राख्न पर्यटन विभागले आग्रह गरेको छ। होटल तथा पर्वतारोहण शाखाले विज्ञप्ती नै जारी गरेर सुरक्षित हुन आग्रह गरेको हो।

यसैबीच हेलिकप्टर सोसाइटीले पनि मौसम खराब भएकाले उडानमा सुरक्षित रहनमा आफ्ना सदस्यलाई अनुुरोध गरेको छ। सोसाइटीले आफ्ना सदस्यहरूलाई उद्दार तथा अन्य कार्यका लागि उडान भर्दा सचेत रहन आग्रह गरेको हो।

आज दिउसोदेखि हेलिकप्टर उडान बन्द गरेको छ। सोसाइटीले आज र भोलि देशभभर हेलिकप्टर नउडाउन आग्रह गरेकाे छ।

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, वैशाख २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्