फनी चक्रबातले देशभरका आन्तरिक उडान अवरुद्ध
काठमाडौं, वैशाख २० : मौसममा खराबी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा आज उडान तथा अवतरणमा समस्या आएको छ।
विमानस....
काठमाडौं, वैशाख २० : मौसममा खराबी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा आज उडान तथा अवतरणमा समस्या आएको छ।
विमानस्थल कार्यालयका अनुसार हवाहुरीका कारण काठमाडौंसहित अन्य विमानस्थलहरूको आन्तरिक उडानमा समस्या आएको हो। देशभरका विमानस्थलहरूमा भीएफआर र आईएफआर प्रविधिमा उडान तथा अवतरण हुने गर्छ।
सामान्य अवस्थामा भीएफआर नियमबाट उडान तथा अवतरण हुने गर्छ। भीएफआरका लागि पाँच हजार मिटरमा भिजिविलिटी आवश्यक पर्छ भने आईएफआरका लागि काठमाडौं दुई हजार र बाहिरका लागि दुई हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्छ।
मौसम बिग्रिदा भिजिबिलिटी कम भएपछि विरानगर, भैरहवा, भद्रपुरसहित दुर्गम क्षेत्रमा अधिकांश विमानस्थलमा उडान हुन नसकेको विमानस्थल कार्यलयले जनाएको छ।
भद्रपुरबाट काठमाडौका लागि उडेको जहाज अवतरण गर्न नसकेपछि फर्किएको छ। अन्तर्राष्ट्रियतर्फका उडान तथा अवतरण भने भइरहेको विमानस्थलले जनाएको छ।
बंगालको खाडीबाट सुरु भएको शक्तिशाली चक्रबात उत्तर–पूर्वि क्षेत्रतिर लाग्दा नेपालमा पनि प्रभाव परेको छ। फनी चक्रबातकै प्रभावले मौसम फेरबदल भएको छ।
पूर्वि तथा मध्य क्षेत्रमा हावाहुरी र वर्षा हुन थालेको छ। यसको प्रभाव शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






