आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौं, वैशाख २० : आज संघीय संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे नीति ....
काठमाडौं, वैशाख २० : आज संघीय संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय गरिएको छ।
सरकारका तर्फबाट राष्ट्रपतिले संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत परम्परा छ। आगामी वर्षको बजेट भने अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ मा पेश गर्ने छन।
संवैधानिक व्यवस्था अनुसार, हरेक वर्ष जेठ १५ गते बजेट पेश गर्ने तय गरिएको छ। त्यस अघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ।
यस पटक प्रि–बजेट छलफल भने नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मात्रै हुने छ। यस अघि नीति तथा कार्यक्रमभन्दा पहिले प्रि–बजेट छलफल हुने गरेको थियो। यस पटक संसद सचिवालले नीति तथा कार्यक्रमपछि मात्रै प्रि–बजेट छलफल सुरु गर्ने कार्यसूचि तय गरेको छ।






