Kathmandu Press

भारतमा फनी चक्रबातकाे वितण्डा, नेपालमा पनि प्रभाव पर्ने

काठमाडौं, वैशाख २० : बंगालको खाडीबाट सुरू भएको शक्तिशाली चक्रबात फनी भारतको पूर्वि राज्यमा प्रवेश गरेको छ। यसले प्रभावित क्षेत्रमा वितण्डा मच्चाउन थाल....

भारतमा फनी चक्रबातकाे वितण्डा, नेपालमा पनि प्रभाव पर्ने
एजेन्सी

काठमाडौं, वैशाख २० : बंगालको खाडीबाट सुरू भएको शक्तिशाली चक्रबात फनी भारतको पूर्वि राज्यमा प्रवेश गरेको छ। यसले प्रभावित क्षेत्रमा वितण्डा मच्चाउन थालेकाे छ। यसको प्रभाव नेपालमा पनि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

हिजो बंगलाको खाडीबाट सुरू भएको फनी चक्रबात आज भारतको ओडिसा राज्यको तटीय क्षेत्र नजिक पुगेको छ। यो आजै ओडिसाको मध्यक्षेत्रतिर पुग्ने जनाएको छ। अहिले यो उत्तर–पूर्वतिर गइरहेको छ।

यसले भारतको पूर्वि क्षेत्रका तीन राज्यका दश लाख मान्छेलाई प्रभावित गरेको छ। त्यहाँका दश लाख मान्छेले घर छोडेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

ओडिसाको गोपालपुर र चादबंली क्षेत्रमा एक सय ७० देखि दुई सय २५ किलोमिटर प्रतिघण्टाका गतिमा हावाहुरी चलिरहेको छ। आज चार–पाँच घण्टा त्यही क्षेत्रमा रहने अनुमान गरिएको छ।

यसको असर ओडिसा, पश्चिम बंगाल र आन्ध्र प्रदेशमा परेको छ। त्यहाँको रेल सेवा बन्द गरिएको छ। विद्यालय बन्द छन्। त्यस्तै कार्यालय पनि बन्द गरिएका छन्।

आपतकालीन उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। केही स्थानमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

तीन राज्यका प्रभावित ३० जिल्लाका बासिन्दालाई सरकारले नै सुरक्षित स्थानमा सारेको जनाएको छ। त्यहाँको सडकमा तिव्र गतिमा हावा चल्न थालेको छ। तिव्र गतिको हावाहुरीले केही स्थानमा सडक छेउका रुख उखेलिएका छन।

भारतका सबै सुरक्षा निकायलाई प्रभावित क्षेत्रमा विशेष तयारीका साथ खटाइएको छ। ति क्षेत्रमा स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ।

आज प्रेस नोट जारी गर्दैै मौसम पूर्वानुमान महाशाखाले फनी नेपाल प्रवेश गर्ने संभावना अहिलेसम्म नदेखिएको जनाएको छ। तर, यसको प्रभाव भने पूर्वि नेपालमा पर्ने महाशाखाले भनाइ छ।

महाशाखाले जारी गरेको प्रेस नोट अनुसार, पूर्वि र मध्य क्षेत्रमा मौसम फेरबदल हुने छ।

ति क्षेत्रमा मेघ गर्जन सहित वर्षा हुने छ। त्यस्तै, चट्यांङ पर्ने, तिव्र गतिमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ।

यसको प्रभाव हिमाली क्षेत्रमा पनि पर्ने छ। पूर्वि र मध्य नेपालको हिमाली क्षेत्रमा भारी हिमपात हुने छ। यसैगरी केही क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ।

फनी चक्रबातको प्रभाव आज र भोली रहने महाशाखाको अनुमान छ। सतर्कता अपनाउन पूर्वि तथा मध्यक्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ।

माैसम पूर्वानुमान महाशाखाकाे प्रेस नाेट :

 

प्रकाशित मिति: १०:२९ बजे, शुक्रबार, वैशाख २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्