तिहार नजिकिँदै गर्दा सडकमा थप कडाइ, उपत्यकामा १४ सय ट्राफिक प्रहरी परिचालन
काठमाडौं, कात्तिक १९ : तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा थप कडाई गर्न थालिएको छ। अहिलेदेखि नै एक हजार चार सय ट्राफिक प्रहरी...
काठमाडौं, कात्तिक १९ : तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा थप कडाई गर्न थालिएको छ। अहिलेदेखि नै एक हजार चार सय ट्राफिक प्रहरी परिचालन गर्न थालिएको छ।
कोरोनाका कारण बजारमा चहलपहल न्यून भएपनि चाडपर्वमा उत्पन्न हुने समस्या र कोरोना भाइरस फैलिने त्रासका कारण सुरक्षा व्यवस्थापन थप कडा पारिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। सार्वजनिक यातायात यात्रुको भीडभाड, मापसे, सवारी साधनको गति, यात्रुले स्वास्थ्य मापदण्ड पालना गरेको छन् कि छैन् भनेर हेर्न विशेश जाँच गर्न थालिएको छ।
तिहारमा भीडभाड हुने भएकाले पनि उपत्यकाका थप एक सय ३७ स्थानमा जाँच पोस्ट थप गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। तिहारका लागि एक हजार चार सय ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाका प्रवक्ता एसपी रामेश्वर यादवले बताए।
उनका अनुसार पछिल्ला वर्षमा तिहारको समयमा घरमा चोरी हुने, झैझगडा हुनेलगायतका क्रियाकलाप हुने गरेको पाइएको थियो। ‘कोरोना भाइरसका कारण आर्थिक अवस्था कमजोर भएको छ, यस्तो अवस्थामा चोरी डकैतीका अझ बढ्नसक्ने भएकाले सुरक्षा व्यस्था थप कडा पारिएको हो,’ प्रवक्ता यादवले भने।
यस पटक पनि थुप्रै प्रहरीलाई साधा पोशाकमा परिचालन गर्न थालिएको छ। सिसि क्यामेरा पहुँच भएको स्थानमा त्यसबाट समेत निगरानी गर्ने तयारी भइरहेको उनले बताए।
चाडपर्वको समयमा केही समस्या उत्पन्न भएमा निःशुल्क फोन गर्न उपत्यकाका ११ स्थानमा हेल्प डेस्स स्थापना गरिएको छ। त्यस्तै, स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजनिक यातायातका साधनलाई पनि कारबाही गरिने भएको छ।
विभिन्न नाका हुँदै उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधनलाई विशेष जाँच गरिन थालेको छ। उपत्यका कोरोनाको रेडजोनमा पर्ने भएकाले भित्रिने र बाहिरिने सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरेमा कारबाही गरिने भएको छ।
अहिले दैनिक सात सयदेखि आठ सय सार्वजनिक तथा निजि सवारी साधन कारबाहीमा पर्ने गरेका छन्। उनीहरुलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना तिराउने गरिएको यादवले बताए।
तिहार नजिकिएसँगै मापसेमा पनि कडाइ गर्न थालिएको । महाशाखाका प्रवक्ता एसपी यादवका अनुसार कोरोनाका कारण मापसे जाँचमा कम गरिएको थियो। ‘तिहारको लागि साँझ एकपटक र दिउँसो पनि विभिन्न स्थानमा छड्के जाँच गर्ने तयारी छ,’ उनले भने।












-(86)-1764936079.jpg)