Kathmandu Press

सभामुख महरालाई ४० कित्ता शेयर पर्दा ऊर्जामन्त्री पुनलाई २० कित्तामात्रै

काठमाडौं, वैशाख १९ :  सभामुख कृष्णबहादुर महरालाई जनताको जलविद्युत आयोजनाअन्र्तगत रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता र सान्जेन जलविद्युत आयोजना....

सभामुख महरालाई ४० कित्ता शेयर पर्दा ऊर्जामन्त्री पुनलाई २० कित्तामात्रै

काठमाडौं, वैशाख १९ :  सभामुख कृष्णबहादुर महरालाई जनताको जलविद्युत आयोजनाअन्र्तगत रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता र सान्जेन जलविद्युत आयोजनाको २० कित्ता शेयर परेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको २०-२० कित्ता शेयर परेको छ।

बिहीबार बाँडफाड गरिएको रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्काशन गरेको साधारण सेयर सबै आवेदकले पाएका छन्। निर्माण सम्पन्न हुन लागेको आयोजनालाई सरकारले जनताको जलविद्युतमा लगानी कार्यक्रममा ल्याएर सेयर निष्काशन गराएको थियो।  सर्वसाधारणले रसुवागढीमा २० देखि ४० कित्तासम्म सेयर पाएका छन्।

त्यसैगरी, कम्पनीले सर्वसाधारणका लागि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर निष्काशन गरेको थियो। रसुवामा तीन लाख दुई हजार ४३ आवेदकले एक करोड ७१ लाख सात हजार ८४० कित्ताका लागि आवेदन दिएका थिए। सान्जेनमा आवेदन दिने सबै योग्य आवेदकले २० कित्ताको दरले सेयर पाएका छन्। दुई लाख ९ हजार ३ सय २८ आवेदकले थप १० कित्ताका दरले सेयर पाएका हुन्। 

सान्जेनमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० कित्तासम्म सेयर पाएका छन्। कम्पनीले ४९ लाख ८२ हजार २५० कित्ताको सेयर निष्काशन गरेको थियो। सान्जेनमा तीन लाख ५ सय ९७ आवेदकले एक करोड ३८ लाख ६९ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए।  

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, वैशाख १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्