बाबुराम भट्टराईको शर्तः उपेन्द्रले सरकार छाडे पार्टी एकता घोषणा वैशाख २३ गते
काठमाडौं, वैशाख १९ : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ....
काठमाडौं, वैशाख १९ : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम फेरि पार्टी एकीकरणको नजिक पुगेका छन्। तर, पार्टी एकता गर्न यादवसहित फोरमले नै सरकार छाड्नुपर्ने भट्टराईको शर्त भने फोरमले मानिसकेको छैन।
'कुरो मिलेमा यही वैशाख २३ गते पार्टी एकताको घोषणा गर्नेसम्म कुरा भएको छ', नयाँशक्तिका प्रचारविभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘छलफल भएको हो। छलफल सकारात्मक छ। फोरमसँग मात्र हैन, अन्य वैकल्पिक शक्तिहरूसँग पनि छलफलमा छौं। सबैतिर सकारात्मक हिसाबमा छलफल चलेको छ तर सबै छलफल निष्कर्षमा नपुग्न पनि सक्छन् । हाम्रो प्रयास निष्कर्षमा पुगोस् भन्ने हो।’
उनले बाहिर हल्ला भएजस्तो एकीकरणका लागि ठोस सहमति चाहिँ हुन बाँकी रहेको उनले बताए। ‘फोरमले सरकार छाड्नपर्ने नयाँशक्तिको धारणा कायमै छ। नेतृत्वबारे पनि टुंगो लागिसकेको छैन’, उनले भने, ‘बाँकी विषयमा सहमति भयो भने २३ गगते एकता घोषणा गर्ने कुरा चलेको हो । धेरै विषय बाँकी छन्।’
फाेरमले पठाएकाे नेतृत्वकाे सूचीलाई नयाँशक्तिले सच्याएर पठाएकाे छ । यसबारे फाेरमकाे धारणा अाउन बाँकी नै रहेकाे स्राेतले जानकारी दियाे ।
डा भट्टराईले उपेन्द्र यादवलाई नेता स्वीकार गरेको भन्ने हिसाबले बजारमा आएको प्रचारबारे भने,‘तर, बाहिर हल्ला भएजस्तो फलानो-फलानो विषयमा सहमति भयो, फलानोले फलानोलाई स्वीकार गर्याे इत्यादि सबै हल्ला मात्र हुन्। कुनै सत्यता छैन। नयाँ शक्तिको उद्देश्य हिमाल पहाड तराई समग्र नेपालको मनोभावना एकीकृत गरेर जोड्नको लागि हो। नेपाल जोड्ने, नेपाललाई समृद्ध बनाउने अभियानमा जोसँग पनि छलफल गर्न नयाँशक्ति तयार छ।’
नयाँशक्ति र फोरम यसअघि पनि पार्टी एकताको नजिक पुगेर भाँडिएको थियो। यसपटक चाहिँ अलि बढी नै सकारात्मक रूपमा कुरो अघि बढेको स्रोतको दाबी छ।
त्यसो त राष्ट्रिय जनता पार्टी राजपाले पनि फोरमलाई संघीय सरकार छाडेमा मात्र पार्टी एकता वार्ता अघि बढ्ने शर्त अघि सारेका छन्। राष्ट्रिय जनता पार्टी राजपाले पनि फोरमलाई संघीय सरकार छाडेमा मात्र पार्टी एकता वार्ता अघि बढ्ने शर्त अघि सारेका छन्। यही विषयले फोरम र राजपा बीचको एकता वार्ता पनि अड्किएको छ।






