Kathmandu Press

रसुवागढी र सान्जेनमा सबै लगानीकर्तालाई सेयर

काठमाडौं, वैशाख १९ : रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण सेयर सबै आवेदकले पाएका छन्। निर्माण सम्पन्न हुन ल....

रसुवागढी र सान्जेनमा सबै लगानीकर्तालाई सेयर
फाइल फोटो

काठमाडौं, वैशाख १९ : रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण सेयर सबै आवेदकले पाएका छन्। निर्माण सम्पन्न हुन लागेको आयोजनालाई सरकारले जनताको जलविद्युतमा लगानी कार्यक्रममा ल्याएर सेयर निष्काशन गराएको थियो।

रसुवागढीमा १० कित्तादेखि ४० कित्ता सम्मको लागि आवेदन दिने सबै आवेदकले माग बमोजिम सेयर पाएका छन्। ४० कित्ताभन्दा बढी माग गर्ने आवेदकमध्ये २५ हजार ६ सय ९३ आवेदकले गोला प्रथामार्फत थप १० कित्ताका दरले सेयर पाएका छन्।

रसुवाका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० कित्तासम्म सेयर पाएका हुन्। लगानीकर्ताले १० कित्ताकै दरमा आवेदन दिएपछि आवेदनकर्ताले ५० कित्तासम्म सेयर पाएका छन्।

कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार चार सय ६७ कित्ता सेयर निष्कासन गरेको थियो। रसुवामा तीन लाख दुई हजार ४३ आवेदकले एक करोड ७१ लाख सात हजार आठ सय ४० कित्ताको लागि आवेदन दिएका थिए।

सान्जेनमा आवेदन दिने सबै योग्य आवेदकले १० कित्ताको दरले सेयर पाएका छन्। दुई लाख नौ हजार तीन सय २८ आवेदकले थप १० कित्ताका दरले सेयर पाएका छन्। सान्जेनमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिक्तम २० कित्तासम्म सेयर पाएका छन्।

कम्पनीले ४९ लाख ८२ हजार दुई सय ५० कित्ताको सेयर निष्कासन गरेको थियो। सान्जेनमा तीन लाख पाँच सय ९७ आवेदकले एक करोड ३८ लाख ६९ हजार सात सय ३० कित्ताका लागि आवेदन दिएका थिए।  

 

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, वैशाख १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्