Kathmandu Press

भूतपूर्व गोर्खाको लन्डनमा प्रदर्शन

लन्डन, वैशाख १९ : भूतपूर्व गोर्खा सैनिकहरुको संगठन गोर्खा सत्याग्रह संघर्ष समितिले लन्डनमा प्रदर्शन गरेको छ।

बुधबार लन्डनस्थित बेलायती संसद ....

भूतपूर्व गोर्खाको लन्डनमा प्रदर्शन
गोर्खा स्टुडियो, यूके

लन्डन, वैशाख १९ : भूतपूर्व गोर्खा सैनिकहरुको संगठन गोर्खा सत्याग्रह संघर्ष समितिले लन्डनमा प्रदर्शन गरेको छ।

बुधबार लन्डनस्थित बेलायती संसद र प्रधानमन्त्री कार्यालय बाहिर प्रदर्शन गरिएको हो। बेलायत सरकारबाट घोषणा गरिएको गोर्खा प्याकेजले आफ्ना मागहरुको सम्बोधन नगरेको भन्दै सत्याग्रह समिति आन्दोलनमा उत्रिएको हो।

ट्राफल्गर स्क्वायारबाट सुरु भएको गोर्खाहरुको विरोध र्‍याली संसद भवन र प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर पुगेको थियो। प्रधानमन्त्रीको कार्यालय बाहिर प्रदर्शन गरेको सत्याग्रह समितिले १३ बुँदे ज्ञापनपत्र बुझाएको छ।

एक महिनाभित्र आफ्ना माग पूरा नभए आन्दोलन गर्ने समितिले चेतावनी दिएको छ। विरोध प्रदर्शनमा एक्यवद्धता जनाउँदै केही बेतायती पूर्वसैनिकहरू पनि सहभागी थिए।

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, वैशाख १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्