Kathmandu Press

काेराेना महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि 'नेपाल साइकल यात्रा' (तस्बिरहरु)

साइकल यात्रा पश्चिम नेपालको महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्वि नेपालको काकडभिट्टासम्म पुग्नेछ।
काेराेना महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि 'नेपाल साइकल यात्रा' (तस्बिरहरु)
नेपाल साइकल यात्राका लागि साेमबार नेपाल पर्यटन बाेर्डकाे कार्यालयबाट पश्चिम नेपालकाे महेन्द्रनगर प्रस्थान गर्दै साइकल यात्री। तस्बिहरु : रिवाज राई

काठमाडौं, कात्तिक १७ : कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न ‘नेपाल साइकल यात्रा’ सुरु गरिएको छ।

सोमबार ‘नेपाल साइकल यात्रा’का लागि विश्व साइकलयात्री पुष्कर शाहसहित पर्यटन व्यवसायी काठमाडौंबाट महेन्द्रनगर प्रस्थान गरेका छन्। उनीहरुले पश्चिमको महेन्द्रनगरदेखि पूर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन्।

साइकल यात्रा पश्चिम नेपालको महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्वि नेपालको काकडभिट्टासम्म पुग्नेछ।

Hardik ivf

उनीहरुले यात्रामार्फत आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सन्देश प्रवाह गर्ने पर्यटन बोर्डले जनाएको छ। उनीहरुलाई सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बिदाई गरेका हुन्। बोर्डको प्रबद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा साइकल यात्रा हुन लागेको हो।

साइकल यात्रामा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, सीएन पान्डे, लक्ष्मी श्रेष्ठ, पत्रकार अशोक सिलवाललगायत छन्।
यो समूहले एक हजार ६ सय २४ किलोमिटर साइकल यात्रा गर्नेछ।

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, कात्तिक १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्