कोरोना भाइरस : हरेक १०७ सेकेन्डमा एक अमेरिकी नागरिकको मृत्यु
काठमाडौं, कात्तिक १४ : जोन्स होपकिङ्स युनिभर्सिटीको टोलीले गरेको एक अध्ययन अनुसार अमेरिकामा कोरोना भाइरसका कारण हरेक १०७ सेकेन्डमा एक जना अमेरिकी नागरिकको...
काठमाडौं, कात्तिक १४ : जोन्स होपकिङ्स युनिभर्सिटीको टोलीले गरेको एक अध्ययन अनुसार अमेरिकामा कोरोना भाइरसका कारण हरेक १०७ सेकेन्डमा एक जना अमेरिकी नागरिकको मृत्यु हुने गरेको देखिएको छ। अध्ययन टोलीका अनुसार अमेरिकामा बिहीबार कोरोना भाइरसका नयाँ संक्रमणको संख्यालाई अध्ययन गरेको थियो। अध्ययन टोलीले अमेरिकामा हालसम्म एक दिनमा सबैभन्दा धेरै ९० हजार संक्रमितको उपचार गरिएको छ।
अमेरिकामा अक्टोबरको मध्यबाट कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। बिहीबार मात्रै अमेरिकामा ९१ हजार २९५ नयाँ संक्रमित भेटिएका थिए। पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २१ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। हालसम्म अमेरिकामा कोरोना कारण ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार ६२५ जनाको मृत्यु भइसकेको छ। जोन्स होपकिङ्सको तथ्यांक अनुसार अमेरिकामा हरेक १०७ सेकेन्डमा औसतमा कोरोनाका कारण एक जना अमेरिकी नागरिकको मृत्यु हुने गरेको छ। यो तथ्यांक विश्वभरकै बढी हो। अमेरिकाको मिडवेस्टमा कोरोना भाइरस तीव्ररुपमा फैलिइरहेको छ।









![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-45_5503a18f-1773839671.png)
![टुँडिखेलमा घोडेजात्राकाे राैनक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_9ac6e447-1773838191.jpg)

