Kathmandu Press

‘ग्रीन हाउस’मा सरे उपराष्ट्रपति पुन

काठमाडौं, वैशाख १८ : उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ सरकारी निवासमा सरेका छन्।

उपराष्ट्रपति पुन बुधबार गैह्रीधारास्थित सरकारी निवासबाट....

‘ग्रीन हाउस’मा सरे उपराष्ट्रपति पुन

काठमाडौं, वैशाख १८ : उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ सरकारी निवासमा सरेका छन्।

उपराष्ट्रपति पुन बुधबार गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरको समाज कल्याण परिषद्को कार्यालय रहेको नयाँ भवनमा सरेका हुन्। हरियो रंगले रङ्ग्याइएको उक्त नयाँ भवनलाई 'ग्रीन हाउस'को नाम दिइएको छ।

यसअघि सरकारले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवास सार्ने निर्णय गरेको थियो। उपराष्ट्रपति पुन नयाँ सरकारी भवनमा सरेपनि कार्यालय भने केही समय निर्वाचन आयोगको भवनभित्र रहेको भवनमै रहनेछ।

भवन मर्मतको काम अझै केही बाँकी रहेकाले कार्यालय सार्न समय लाग्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, वैशाख १८, २०७६