दुई तिहाईको सरकार आफ्ना नेताको भ्रष्टाचार लुकाउनमै व्यस्त : गिरी
दाङ, वैशाख १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले वर्तमान सरकारले राजनीतिक आस्थाका आधारमा सरकारी डण्डा प्रयोग गर्न थालेको आरोप लगाएका....

दाङ, वैशाख १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले वर्तमान सरकारले राजनीतिक आस्थाका आधारमा सरकारी डण्डा प्रयोग गर्न थालेको आरोप लगाएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेस दाङले १३० औं श्रमिक दिवसका अवसरमा घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले शान्तसँग बसेका कांग्रेस कार्यकर्तालाई राजनीतिक आस्थाका आधारमा व्यवहार गरे कांग्रेस चुप लागेर नबस्ने बताए।
उनले कांग्रेस विधिको शासन, लोकतन्त्र, आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले सरकारका क्रियाकलापविरुद्ध नलागेको बताए। उनले सरकार विधिको शासनभन्दा बाहिर गए कांग्रेसलाई स्वीकार्य नहुने बताए।
नेता गिरीले आफू र आफ्ना नेताले गरेको भ्रष्टाचारलाई लुकाउने चेष्टा गर्दा अहिले सरकार अलमलमा परेको टिप्पणी गरे।
फरक प्रसँगमा गिरीले कांग्रेसका शीर्ष नेताहरुबीच सक्कली एकता भएमात्रै पार्टी बलियो बन्ने बताए।











