राष्ट्रियताका सवालमा बोल्न कसैसँग सम्झौता गर्दिनँ: रावल
अछाम, वैशाख १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीभित्र जतिसुकै आलोचि....

अछाम, वैशाख १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीभित्र जतिसुकै आलोचित हुनु परेपनि राष्ट्रियताका सवालमा बोल्न नछोड्ने बताएका छन्।
गृहजिल्ला अछाममा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले राष्ट्रियताका सवालमा, नेपाल र नेपालीको स्वाभिमानका सन्दर्भमा बोल्न नछोड्ने बताएका हुन्। उनले राष्ट्रियताका सवालमा सबै नेता तथा कार्यकर्ता जिम्मेवार बन्नु पर्ने पनि बताए।
आफूले राष्ट्रहित र राष्ट्रियताका विषयमा बोल्दा आम नेपाली जनताको साथ र सर्मथन पाएको भन्दै रावलले तथ्यविना आफूले कुनै पनि कुरा नगर्ने भएकाले राष्ट्रहितका सन्दर्भमा बोल्न नछाड्ने जिकिर गरे।
फरक प्रसंगमा नेता रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताए। रावलले एकीकरणको काम लामो समयसम्म नटुंगिदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताए।
आफू हिँडेको पाइला सम्झनैपर्ने भन्दै उनले कम्युनिष्ट पार्टीको विगतदेखिका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।











