ललितपुरमा विद्युतीय बस संचालन गरिने
ललितपुर, वैशाख १८ : ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ।
महानगरको भित्री भागमा रहेका पर्यटकीय....

ललितपुर, वैशाख १८ : ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ।
महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालन गरिने भएको हो। कुन(कुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ।
यस वर्षको बजेटमा महानगरले विद्युतीय बस सञ्चालनका लागि पाँच करोड छुट्टाएको थियो। भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सञ्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए।
पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन्। उनका अनुसार बस सञ्चालनले विशेष गरेर असाहय, वृद्ध र अपाङ्गता भएका पर्यटकलाई सुविधा हुनेछ।
‘बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पु¥याउने हाम्रो लक्ष्य हो,’ उनले भने।
पुल्चोकबाट मङ्गलबजार र पाटनढोकाबाट मङ्गलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले बताए। पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने उनले बताए। (रासस)











