Kathmandu Press

राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर स्वदेश फिर्ता

काठमाडौं, वैशाख १८ : राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर आज स्वदेश फिर्ता भएकी छन्।

राष्ट्रपति भण्डारी नौ दिने राजकीय ....

राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर स्वदेश फिर्ता
रासस

काठमाडौं, वैशाख १८ : राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर आज स्वदेश फिर्ता भएकी छन्।

राष्ट्रपति भण्डारी नौ दिने राजकीय भ्रमणमा आठ दिन अघि चीन प्रस्थान गरेकी थिइन्। उनी बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी भएकी थिइन भने चीनका राष्ट्रपति सी जिङफिङसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्।

सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भएको थियो भने उनीहरूको उपस्थितिमा दुई देशबीच पारवहन तथा यातायातलगायत विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो।

राष्ट्रपति भण्डारी हिजो बेइजिङबाट ल्हासा पुगेकी थिइन्। आज पनि ल्हासामा कार्यक्रम रहेका थिए।

तर, हाइअल्टिच्यूटको समस्या देखिएपछि भ्रमण एक दिन छोट्याएर आज स्वदेश फर्किएकी हुन।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरे।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, वैशाख १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्