Kathmandu Press

बंगालको खाडीमा शक्तिशाली चक्रबात, पूर्वी नेपालमा सामान्य असर पर्ने

काठमाडौं, वैशाख १८ : बंगालको खाडीको दक्षिण पूर्वी क्षेत्रमा शक्तिशाली चक्रबात ‘फनी’ आएको छ। यसले नेपालको पनि पूर्वि भागमा असर पार्ने जनाएक....

बंगालको खाडीमा शक्तिशाली चक्रबात, पूर्वी नेपालमा सामान्य असर पर्ने
एजेन्सी

काठमाडौं, वैशाख १८ : बंगालको खाडीको दक्षिण पूर्वी क्षेत्रमा शक्तिशाली चक्रबात ‘फनी’ आएको छ। यसले नेपालको पनि पूर्वि भागमा असर पार्ने जनाएको छ।

बंगालको खाडीबाट सुरु भएको फनी विस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको जनाएको छ। यसको नेपालमा धेरै ठूलो प्रभाव नपर्ने भएपनि हिमाली क्षेत्रमा हिमपात हुने र पूर्वि नेपालमा सामान्य प्रभाव पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसले नेपालको पूर्वी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने मौसमविद्  मिनकुमार अर्यालले बताए।  यसको प्रभाव नेपालमा पर्ने÷नपर्ने विषयमा मौसमविद्ले अध्ययन गर्दै आएका छन्।

यो चक्रबात भारतको ओडिसा आसपासबाट मोडिने जनाएको छ। यो शुक्रबारसम्म पूर्वि नेपाल आसपास भएर उत्तर–पूर्वतिर लाग्ने भएकाले कमजोर भइसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसले गर्दा पूर्वि र हिमाली भूभागमा भारी हिमपात हुनसक्ने जनाएको छ। त्यस्तै, त्यस्तै, प्रि–मनसुन भएकाले पूर्वि र मध्य भागमा हावाहुरी चल्ने र हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, वैशाख १८, २०७६