ल्हासामा राष्टपतिलाई हाई अल्टिच्युट लागेपछि आजै नेपाल फर्कने
काठमाडौं, वैशाख १८ : चीन भ्रमणको क्रममा तिब्बतको राजधानी ल्हासा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था असहज भएपछि आज नेपाल फर्कने भएक....
काठमाडौं, वैशाख १८ : चीन भ्रमणको क्रममा तिब्बतको राजधानी ल्हासा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था असहज भएपछि आज नेपाल फर्कने भएकी छन् ।
चीन भ्रमणका क्रममा मंगलबार ल्हासा पुगेकी राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहज महसुस भएपछि नेपाल फर्कने कार्यतालिका एक दिन छोट्याएर फर्कन लागेकी हुन् । राष्टपति कार्यालयका अनुसार राष्ट्रपति अहिले १०ः४० को विमानबाट नेपाल फिर्ता आउन लागेकी हुन्।
‘राष्ट्रपतिज्यूलाई हाई अल्टिच्युडको समस्या भएको जस्तो देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसैले भोली फिर्ता हुने कार्यक्रम भएपनि त्यसलाई रद्द गरेर आजै स्वदेश आउन लाग्नुभएको हो।’
प्रकाशित मिति: ०८:०४ बजे, बुधबार, वैशाख १८, २०७६
थप समाचार






