अमेरिकी चुनावको पूर्वसन्ध्यामा मतदातालाई धम्की-ट्रम्पलाई भोट हाल्नु, नत्र राम्रो हुँदैन
बीबीसी, कात्तिक ६ : अमेरिकाको खुफिया एजेन्सीका अधिकारीका अनुसार रुस र ईरानले ३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनाव भन्दा पहिले मतदातालाई प्रभावित गर्न...
बीबीसी, कात्तिक ६ : अमेरिकाको खुफिया एजेन्सीका अधिकारीका अनुसार रुस र ईरानले ३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनाव भन्दा पहिले मतदातालाई प्रभावित गर्न आवश्यक जानकारी प्राप्त गरेका छन्।
अमेरिकी खुफिया एजेन्सीले बुधबार एक पत्रकार सम्मेलनमा रुस र ईरान दुवै देशले मतदातालाई गलत जानकारी दिनका लागि सम्पर्क गर्न चाहेको खुलासा गरेको छ। अधिकारीले केही राज्यमा डेमोक्रेट मतदातालाई ईरानले दिएको धम्कीले भरिएको इमेल पठाइएको बताएका छन्। नेश्नल इन्टलिजेन्सका निर्देशक जोन रेटक्फिलले ती इमेल दक्षिणपन्थी ट्रम्प समर्थक समूहले पठाएको र अशान्ति फैलाउने प्रयास भएको बताएका छन्।
रेटक्लिफका अनुसार अमेरिकी अधिकारीले रुसले केही मतदाताको रजिस्ट्रेशनको जानकारीसमेत पत्ता लगाएका छन्। यो जानकारी राष्ट्रपति चुनावको केवल १३ दिन अघि मात्रै आएको छ।
अराजकता फैलाउने कोशिस
रेटक्लिफका अनुसार ईरानबाटै धम्कीले भरिएका इमेल प्राउड ब्वाइज नामक एकाउन्टले पठाइरहेको छ। मतदातालाई धम्काउन, अराजकता फैलाउन र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोक्सान पुराउने उद्देश्यले ती इमेल पठाइएको हो। उनले मतदाताको डाटालाई मानिसमा गलत जानकारी दिन प्रयोग गर्न सकिने र यसले भ्रमको स्थिती पैदा गर्न सक्नेछ। ताकि अमेरिकी लोकतन्त्रमा मानिसको विश्वास कमजोर होस्।
रेटक्लिफले बताएका छन्, अधिकारीहरुले रुसको तर्फबाट अहिलेसम्म कुनै गतिविधी भएको पत्ता लगाउन सकेका छैनन्। यद्यपी अधिकारीहरुले रुससँग समेत मतदाताको जानकारी रहेको पत्ता लगाएको रेटक्लिफले बताएका छन्।
नेश्नल कन्फ्रेन्स अफ स्टेट लेजिस्लेचर्सका अनुसार केही राज्यमा मतदाताको जानकारी याचिका (निवेदन) दिएर प्राप्त गर्न सकिन्छ। तर यसरी जानकारी लिन प्रत्येक राज्यमा अलग–अलग नियम छ।
रेटक्लिफ भन्छन्, ‘यदी तपाईको इनबक्समा एक डरलाग्दो धम्की दिइएको इमेल आउँछ भने नडराउनुहोस् र कसैलाई नपठाउनुहोस्।’
पत्रकार सम्मेलनमा एफबीआईका निर्देशक क्रिस्टोफरसमेत उपस्थित थिए। उनले अमेरिकी चुनाव प्रणाली सुरक्षित भएको बताएका थिए। ‘तपाईलाई आफ्नो भोटले अर्थ राख्छ भन्ने कुराको विश्वास हुन आवश्यक छ,’ उनले भने।
रुसले मतदाताको डाटा कसरी प्राप्त गर्यो र यसको प्रयोग कसरी गर्छ भन्ने बारेमा भने अधिकारीहरुले कुनै जानकारी दिएका छैनन्। जुन इमेलको कुरा सार्वजनिक भएको छ। ती इमेल फ्लोरिडा जस्ता महत्वपूर्ण राज्यमा डेमोक्रेट भोटर्सलाई पठाइएको छ। अमेरिकी मिडियाका अनुसार इमेलमा लेखिएको छ,‘चुनावका दिन ट्रम्पलाई भोट हाल्नु, नत्र हामी छोड्ने छैनौं।’
यस्तै इमेलमा लेखिएको छ, ‘आफ्नो पार्टी परिवर्तन गरेर रिपब्लिकन पार्टीलाई समर्थन गर्नु। ताकी हामीलाई यो पत्ता लगाउन सहज होस् कि हाम्रो सन्देश प्राप्त भयो कि भएन। तपाईले हाम्रो आदेशको पालना गर्नुपर्ने छ।’









![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-45_5503a18f-1773839671.png)
![टुँडिखेलमा घोडेजात्राकाे राैनक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_9ac6e447-1773838191.jpg)

