Kathmandu Press

साथीले थाल्यो ‘पुरुष मात्रै हुने मञ्च इन्कार अभियान’

काठमाडौं, वैशाख १७ : लामो समयदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल सस्था ‘साथी’ले ‘पुरुष मात्रै हुने मञ्च इन्कार गरौ’ भन्ने ....

साथीले थाल्यो ‘पुरुष मात्रै हुने मञ्च इन्कार अभियान’

काठमाडौं, वैशाख १७ : लामो समयदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल सस्था ‘साथी’ले ‘पुरुष मात्रै हुने मञ्च इन्कार गरौ’ भन्ने अभियानको सुरुवाता गरेको छ । 

मंगलबार राजधानीमा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले उक्त अभियानको सुभारम्भ गरेका हुन् । सार्वजनिक वहश लगायतका फोरमहरुमा पुरुष मात्रै मञ्चमा देखिने गरेकोप्रति चासो देखाउदै महिला अधिकारमा क्रियाशिल ‘साथी’ले यो अभियानको थालनी गरेको हो । 

लैङगिक समानताका लागि हाम्रो प्रतिवद्धता भन्ने नारा सहित सुरु भएको उक्त अभियानमा उपप्रधानमन्त्री पोखरेलले हस्ताक्षर गरेर प्रतिवद्धता व्यक्त गरेका छन् । साथै राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोधा तिमिल्सीना, सयुक्त राष्ट्रसंघको सिडा कमिटिकी उपाध्यक्ष बन्दना राणा, महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे लगायतले उक्त अभियानमा हस्ताक्षर गरेर एैकेवद्धता जनाएका छन् ।

साथीले यो अयिभानलाई देश व्यपारी रुपमा अघि बढाउने जनाएको छ । अभियानले ५० प्रतिशतभन्दा बढि जनसंख्या रहेको मुलुकमा महिला जागरण र अधिकारलाई थप सुनिश्चित गराउन सहयोग पुग्ने सस्थाकी अध्यक्ष उमा शाहले बताईन् ।  

अभियानमा राजनीतिक दलका नेताहरु, सामाजिक अभियान्ता लगायतका विभिन्न पेशागत संस्थाहरुका प्रतिनिधि समक्ष पनि प्रतिवद्धताका लागि हस्ताक्षर गरिने बताइएको छ । 

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, वैशाख १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्