पाँच दिनमा एक लाख १६ हजारले छोडे राजधानी
काठमाडौं, कात्तिक ६ : कोरोना भाइरसको महामारीबीच पनि दशैंका लागि घर फर्किनेहरुको संख्या घटेको छैन। विशेष गरेर काठमाडौं उपत्यकाबाट थुप्रै मानिस दशैंका लागि...
काठमाडौं, कात्तिक ६ : कोरोना भाइरसको महामारीबीच पनि दशैंका लागि घर फर्किनेहरुको संख्या घटेको छैन। विशेष गरेर काठमाडौं उपत्यकाबाट थुप्रै मानिस दशैंका लागि बाहिरिएका छन्।
आज दशैंको छैटौं दिन। बिहानैदेखि राजधानी छोड्नेको नाकाहरुमा घुइचो लागेको छ। विगतको तुलनामा केही कमि आएको भएपनि उपत्यकाबाट बाहिरिने क्रम नरोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार साँझसम्म काठमाडौंका विभिन्न नाका भएर एक लाख १६ हजार एक सय ४५ यात्रु बाहिरिएका छन्। उपत्यका भित्रिने यात्रुको संख्या भने कम रहेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले बताए।
मशाखाका अनुसार कात्तिक १ गते अर्थात घटनास्थापनको दिनमा २१ हजार चार सय यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने १६ हजार भित्रिएका थिए। त्यस्तै, कात्तिक २ गते २३ हजार तीन सय ९२ जना बाहिरिएका थिए भने १६ हजार दुई सय ७७ यात्रु भित्रिएका थिए।
दशैंको तेस्रो दिन कात्तिक ३ गते २३ हजार आठ सय ३६ यात्रु बाहिरिँदा १६ हजार तीन सय चार यात्रु मात्रै भित्रिएका थिए।
यसैगरि कात्तिक कात्तिक ४ गते २२ हजार दुई सय ९९ यात्रु उपत्यकाबाट बाहिरिए भने १४ हजार यात्रु भित्रिएका थिए।
दशैंको पाँच दिन कात्तिक ५ गते २५ हजार दुई सय १८ यात्रुले उपत्यका छोडेका छन् भने १६ हजार तीन सय ५७ यात्रु उपत्यका प्रवेश गरेको महाशाखाले जनाएको छ।
अहिले दैनिक पाँच हजार सार्वजनिक यातायातका साधन बाहिरिरहेको र चार हजारका उपत्यका प्रवेश गरिरहेको एसपी यादवले बताए।
सुरक्षित यात्रा गराईरहेका छौं : यातायात व्यवसायी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निधारित गरेको स्वास्थ्य मापदण्ड पालना गरि सुरक्षित यात्रा गराईरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। चालक तथा सहचालक र यात्रुलाई स्वास्थ्य मापदण्ड अपनाउन सचेत गराउँदै आएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए।
यात्रु आफैं सुरक्षित हुन मास्क, पन्जा अनिवार्य प्रयोग गर्न थालेपनि फेस सिल्ड भने कम यात्रुले मात्र प्रयोग गरिरहेका छन्। ‘यात्रु कम संख्यामा भएकाले पनि सार्वजनिक यातायातमा कोभिडको जोखिम कम छ,’ अध्यक्ष कर्मचार्यले भने।
त्यस्तै, टिकट काउन्टरबाट मास्स, पन्जा, स्यानिटाइजर, फेस सिल्ड अनिवार्य प्रयोग गर्न सचेत गराउन थालिएको उनले बताए।












-(86)-1764936079.jpg)