धनकुटामा प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोलिने
विराटनगर, वैशाख १७ : प्रदेश १ को सरकारले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरि....
विराटनगर, वैशाख १७ : प्रदेश १ को सरकारले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए।
प्रदेश १ सरकारले प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन सकेको छैन। धनकुटालाई प्रदेश १ को स्थायी राजधानी बनाउनु पर्ने माग भइरहेका बेला त्यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय खोल्ने निर्णय गरिएको हो।
बैठकले प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।






