Kathmandu Press

बालुवाटार जग्गा प्रकरणमा संलग्नमाथि कारबाही हुनुपर्छः सिंह

संखुवासभा, वैशाख १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी भएपनि क....

बालुवाटार जग्गा प्रकरणमा संलग्नमाथि कारबाही हुनुपर्छः सिंह

संखुवासभा, वैशाख १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी भएपनि कारबाही हुनु पर्ने बताएका छन्।

प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने,‘कांग्रेसका नेता नै दोषी होऊन् वा अन्य कुनै पार्टीका । यसको निष्पक्ष तवरबाट छानविन गरेर कानून बमोजिम दोषीमाथि कारबाही गर्नुपर्छ।’ उनले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको दाबी पनि गरे। 

बालुवाटारको सरकारी जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि संलग्नता रहेको भन्ने सार्वजनिक भएको छ नि भनेर पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै सिंहले भने,‘उहाँ दोषी देखिए कारबाही हुनुपर्छ।’

फरक प्रसंगमा कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले सरकार संविधानको भावना र मर्म विपरित  अगाडि बढिरहेको आरोप लगाए। उनले भने,‘सरकारसँग दुई तिहाई बहुमत छ। संविधान केही होइन, कानून केही होइन भनेर रवैया देखाइरहेको छ।’

उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको पनि आरोप लगाए। उनले सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको आरोप पनि लगाए।
 

प्रकाशित मिति: १५:३९ बजे, मंगलबार, वैशाख १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्