Kathmandu Press

छानविनपछि मात्र निष्कर्षमा पुग्न सांसद्लाई ओलीको आग्रह

काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा विवादमा पार्टी महासचिव विष्णु पौडेलको संलग्नता रहे/नरहेकोबारे छ....

छानविनपछि मात्र निष्कर्षमा पुग्न सांसद्लाई ओलीको आग्रह

काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा विवादमा पार्टी महासचिव विष्णु पौडेलको संलग्नता रहे/नरहेकोबारे छानबिनपछि मात्र निष्कर्षमा पुग्न पार्टीका सांसद्हरूलाई आग्रह गरेका छन्।

पार्टी संसदीय दलको बैठकलाई नयाँबानेश्वरमा सम्बोधन गर्दै उनले भने, ‘बालुवाटार जग्गा विवादबारे सरकारले छानबिन गर्दैछ। छानबिनपछि यथार्थ बाहिर आउँछ। अहिले पार्टीलाई नै ड्यामेज गर्ने ढंगले प्रचार भइरहेको छ। सरकार यसबारे गम्भीर छ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो संसद्मा बोलेको विषयमा पनि प्रधानमन्त्रीले प्रतिवाद गरे। उनले देउवाप्रति इंगित गर्दै सुनकाण्ड, वाइडबडी घोटालादेखि बालुवाटार जग्गाका निर्णयसम्म कांग्रेसकै पालामा भएकाले मर्यादित ढंगले संसद्मा प्रतिवाद गर्न पनि उनले आग्रह गरे।

राष्ट्रपतिको जारी चीन भ्रमणमा त्यहाँको सरकारले महत्व दिएको बताउँदै उनले नेपालको विकासको संभावनामा अन्तर्राष्ट्रिय समुदायले समेत सघाउने बताए। ओलीले भने, ‘यो वर्षलाई विकासको आधार वर्षका रूपमा लिएका छौँ। देश अब समृद्धिको बाटोमा अघि बढ्छ।’

संसदीय दलकाे बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने उपस्थित थिएनन्। 

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, वैशाख १७, २०७६